सञ्जय वि.क.प्रति श्रद्धाञ्जली अर्पण

चेन्नै । हृदयघातका कारण मृत्यु भएका सञ्जय वि.क.प्रति अखिल भारत नेपाली एकता समाजले श्रद्धाञ्जली अर्पण गरेको छ । सञ्जय कुस्मा नगरपालिका वाड नंबर १४, आर्थण डाडा खर्क, पर्वत जिल्ला निवासी टेक बहादुर बि. क. का ३० वर्षीय छोरा सन्जय वि. क.हाल चेन्नैको मैलापूरमा अवस्थित एक मालिकको घरमा कार्यरत थिए। मालिकले भाड़ा तिरेर निजलाइ बस्न एक रूम दिएको रहेछ उक्त रूममा एक्लै बस्दै आएका थिए। अचानक निजको छाती दुख्ने लक्षण देखिए पछि १६ नोभेम्बरका दिन रूम नजिकैको हस्पिटलमा गएर चेष्ट चेक जाच गरेको र डक्टरले स्वास्थ्य अवस्था ठिक छैन तुरंत हस्पिटलमा अडमिशन हुने सल्लाह दिएको कुरा निज संग रहेको हॉस्पिटलको रेकर्डले बताएको छ।

 

चेक जाच पछि निज विरामी अबस्थामा एक्लै भित्रबाट चुक्कुल लगाएर रूममा सुतेछन। कति बेला निजलाइ हृदयघात भयो जानकारी हुन सकेन । हृदयघातका कारण निजको मुखबाट रगत उल्टी गरी मृत्यु भएको रहेछ। लामो समय रूम नखोले पछि र फोन नउठाए पछि आफन्त चिनजानको साथी रमेश थापा रूममा गएर हेर्दा निज रूममा रगत उल्टी गरी पल्टेको झेल बाट देखे छन। त्यस पछि उक्त घटनाको जानकारी अखिल भारत नेपाली एकता समाजलाइ प्राप्त भए पछि समाजका चेन्नै उत्तर नगर समितिका अध्यक्ष उमानन्द आचार्य, सदस्य पदम केसी, सन्जयको मालिक र सितल परियार, अमृत बिक लगायत आफन्तजन गएर सन्जयको रूम चेक जाच गर्दा निज भीत्र पल्टिरहेको देखे पछि मालिकले आफ्नो स्टाफ़को अवस्थाप्रति पोलीस स्टेशनलार्इ जानकारी गराएका थिए। त्यसपछि प्रहरी प्रशासन घटना स्थलमा पुगी निजको रूम खोलेर बडी ब्रामत गरेका थिए। रूम चेक गर्दा केही ५ हजार पैसा र २ वटा मोवाइका साथै हस्पिटल रेकर्ड फेला परेको थियो। त्यस पछि प्रहरी, एकता समाज र आफन्तजनको रोबरमा बड़ी रायपेटा सरकारी अस्पतालमा लगगिएको थियो। डक्टर र पोलीस प्रशासनको अनुसार निज १८ नोभेम्बर २०२४ तदानुसार २०८१ मंसीर ३ गते दिन निजको हृदयघातका कारण निधन भएको घोषणा गरेका थिए। निजकी श्रीमती र परिवारलाइ नेपालमा जानकारी गराए पछि मालिक संग क्षेतिपूर्तिको कुरा गरी प्रहरी प्रशासनिक तथा हस्पिटलमा मेडिकल पोस्टमार्टम पश्चात निजको १९ नोभेम्बर २०२४ का दिन चेन्नैको नुङगामवाक्कम संसानघाटमा अनंतिम दाहसंकार गरिएको छ। यस संकटको समयमा अखिल भारत नेपाली एकता समाज निजको दुखद निधन प्रति गहिरो दुख्ख प्रकट गर्दै शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछ।निजको सम्झनामा एक मिनेट मौनधारण गर्नुका साथै नगर अध्यक्ष उमानन्द आचार्यले शोक मन्तव्य राख्नु भएको थियो । निजको दुःखद अवस्थामा डौराभाग गरी साथ दिने उमानन्द आचार्य, महेन्द्र बस्याल, रमेश थापा, पदम के सी, अमृत बिक, प्रकाश सुनाम, प्रकाश चुनारा, विक्रम परियार, जित बहादुर परियार, विकास कटुवाल, सन्जय जिराल, अन्तिम बिक, विवेक वि.क. र याम बहादुर बि क रहेका थिए ।

स्मरण रहोस डक्टरको सल्लाह अनुसार मानेको निजको ज्यान जाने थिएन। डक्टरको सल्लाह अनवास्ता गर्दा निजको ज्यान गएको हुन सक्ने प्रशासनको अनुमान रहेको छ। तसर्थ डाक्टरको सल्लाह अनुसार काम गर्न र सबैले सावधानीमा ध्यान दिन पनि अखिल भारत नेपाली एकता समाजले अनुरोध गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित