पौष १४, काठमाडौं । रुस र युक्रेनका बीचमा झण्डै एक वर्षदेखि युद्ध चलिरहेको छ । युद्धमा युक्रेनको कुनै ठाउँ रुसले कब्जा गर्ने कुनै युक्रेनले फिर्ता गर्ने क्रम जारी छ । यही क्रम जारी रहिरहेका बेला युक्रेनले अहिले परिश्चमाहरुले उपलब्ध गराउने भनेको अत्याधुनिक हतियारको पर्खाइमा रहेको कुरा सेनाका जासुस प्रमुख किरिलो बुण्डा नेवले अन्तर्राष्ट्रिय संचार माध्यमलाई बताएका छन् । उनले भनेका छन्–“रुस र युक्रेनमा जारी युद्ध अहिले गतिरोधको अवस्थामा रहेको छ । हाल न युक्रेनले, न त रुसले कुनै पनि महत्वपूर्ण उपलब्धी हासिल गरेको छ । युक्रेनको सेनासँग धेरै ठाउँमा जानका लागि स्रोत अभाव छ न त उनीहरुले हामीलाई हराउन सक्ने छन, ् न त हामीहरले उनीहरुलाई हराउन सक्ने छौं । अहिले युक्रेनको राजधानी किभले पश्चिमाहरले उपलब्ध गराउने भनेको अत्याधुनिक हातहतियारको पर्खाइमा छ ।”
खासगरी युक्रेनका राष्ट्रपति मोलोदमिर जेलेन्स्कीको हालै अमेरिका भ्रमण र अमेरिकाले युक्रेनलाई हतियारका अत्याधुनिक युद्धका सामाग्री र रकम उपलब्ध गराउने पखाईमा बचन दिइसकेको अवस्थामा उनको यो भनाई आउनुलाई महत्वपूर्ण रुपमा हेरिएको छ । रुसले अमेरिकाको सहयोगको विषयलाई लिएर तत्कालै कडा आपत्ति जनाएको थियो । यो युद्ध रुस र युक्रेनको युद्ध नभएर अमेरिका र रुसको युद्ध भएको, अमेरिकाले शान्ति स्थापना गर्न नचाहेको भनेर अमेरिका र युक्रेनको कडा आलोचना गरेको थियो ।