भारत । भारतव्यापी रुपमा कार्यरत नेपालीहरुका बीचमा स्थापित संगठन अखिल भारत नेपाली एकता समाजले आफ्नो सांगठनिक गतिविधिलाई तीब्रता दिएको छ । सोही क्रममा संगठनले भेला गर्ने र सदस्यता वितरण गर्ने काम गरेको छ ।
गुजरातः
१ जनवरी २०२३ का दिन अखिल भारत नेपाली एकता समाज विरमगाम एरिया समितिको भेला सम्पन्न भएको छ । विरमगाम एरियामा रहने सम्पूर्ण शोषित उत्पीडित नेपालीहरु बीच भेला गरी संगठनको महत्व र आवश्यकताबारे प्रकाश पारिएको थियो । अखिल भारत नेपाली एकता समाज आठौं सम्मेलन तयारी समितिका सदस्य तेज नारायण महतराको विशेष उपस्थितिमा भेला सम्पन्न भएको हो । भेलाले दीपक कुमार शाहीको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको छ । जसमा सचिव दिपेन्द्र सिंह, कोषाध्यक्ष मिलन सिंह (ठकुरी) सदस्यहरु जनक शाही, विवेक सिंह (ठकुरी), सागर सिंह (ठकुरी) र वीरबहादुर सिंह ठकुरी रहेका छन् ।
कपडवन्ज गुजरातः
२८ डिसेम्बर २०२२ का दिन अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्र भित्रपर्ने कपडवन्जमा कार्यरत नेपाली कामदारहरु बीच लोक बहादुर महतराको पहलमा र केन्द्रीय समितिका सचिव नारायण शर्मा र पश्चिमभारत क्षेत्रका सदस्य तेज नारायण महतराको उपस्थितिमा सदस्यता वितरणपछि भेलाको आयोजना गरियो ।
भेलामा केन्द्रीय सचिव नारायण शर्माले अखिल भारत नेपाली एकता समाजको लक्ष्य र उद्देश्यबारे जानकारी गराएका थिए । उक्त भेलाले ११ जनाको एरिया समिति गठन गरेको छ । जसमा अध्यक्ष, लोक बहादुर महतरा, उपाध्यक्ष, अमित परियार, सचिव, प्रकाश खत्री, सहसचिव लेनिन महतरा, कोषाध्यक्ष धर्मराज नेपाली रहेका छन् भने सदस्यहरुमा राज सिह ठकुरी, डेकेन्द्र महतरा, एस जि.सि., गणेश खड्का, डिल बहादुर खड्का र गणेश थापा रहेका छन् ।
अहमदावादः
अखिल भारत नेपाली एकता समाज अहमदावादको भेला १९ डिसेम्बर २०२२ का दिन सम्पन्न भएको छ ।
टिकेश सुनारको पहलमा आयोजना गरिएको भेलामा अतिथिहरु तेज नारायण महतरा, केन्द्रीय सचिव नारायण शर्मा रहेका थिए ।
भेलाले ९ जनाको एरिया समिति गठन गरेको छ । अध्यक्ष टिकेश सुनार, उपाध्यक्ष दिपक सुनार, सचिव शुरेस सुनार, सहसचिव प्रबिन परियार र कोषध्यक्ष मोती सुनार रहेका छन् भने सदस्यहरुमा प्रकाश कठायत, बिनोद खड्का, पुष्प परियार, तिलक सुनार रहेका छन् ।