भाकपा(माले) मासलाइनका नेता सिंघवीको निधन

काठमाण्डौ । भाकपा (माले) मासलाईन्का पोलिटव्यूरो सदस्य संजय सिंघवीको अप्रिल २३ ,२०२५ मुम्बइको हिन्दुजा अस्पतालमा क्यान्सर रोगबाट निधन भएको छ । फरक फरक पार्टीबाट विद्रोह गरेका तीन समुहका बीचमा एकता गरी भाकपा (माले) मासलाईनको निर्माण भएको थियो । भाकपा माले प्रजापन्थ,भाकपा माले क्रान्तिकारी पहलकदमी र पिसिसि भाकपा माले मिलेर यो पार्टी बनेको थियो ।भाकपा माले रेडस्टारको २०२२ सेप्टेम्बरमा सम्पन्न १२ औं महाधिवेशनमा २६० जना प्रतिनिधिमध्ये ५२ जना प्रतिनिधिहरुलाई लिएर संजय सिंघवीले भाकपा माले क्रान्तिकारी पहलकदमी बनाएका थिए । उल्लेखित २ समुहसित मिलेर मासलाईन बनेको थियो ।
भाकपा माले रेड स्टारको २०११ मा सम्पन्न नवौं महाधिवेशनदेखि पोलिटव्यूरो सदस्य रहँदै आएका थिए । उनले पार्टीमा विशेषगरी अन्तर्राष्ट्रिय विभाग र मजदुर मार्चाको जिम्मेवारी सम्हाल्दै आएका थिए। सिंघवी मुम्बइका चर्चित वकिल पनि थिए । केही समय पहिले मासलाईनका अर्का नेता ध्रुवनारायणको पनि निधन भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित