मुजेसर गाँव मोटीटोलमा भेला सम्पन्न

माघ २०, फरिदावाद । अखिल भारत नेपाली एकता समाज फरिदावाद नगर समिति अन्तर्गत मुजेसर गाँव मोतीटोलमा कार्यरत मजÞदूरहरू बीच दिनांक २९ जनवरी २०२३ का दिन एक भेला सम्पन्न भएको छ । चुनाव चालिसे, मन बहादुर राना र सुनील थापाको पहल र केन्द्रीय सदस्य बिनीमाधव पौडेलको विशेष उपस्थितिमा सम्पन्न उक्त भेलाले कुल बहादुर ठेडी मगरको अध्यक्षतामा ९ सदस्यीय मोतीकोलोनी टोल समितिको गठन गरेको छः उपाध्यक्ष– दान बहादुर राना, सचिव– तारा बहादुर सिंजाली, सह सचिव– सोम बहादुर खाम्चा, कोषाध्यक्ष–मन बहादुर राना, सदस्य सुनिल थापा, सुव बहादुर ठेडीमगर, मन बहादुर थापा र बैकल्पिक सदस्य धर्मराज ठेडीमगर रहेका छन । केन्द्रीय सदस्य बिनीमाधव पौडेलले समाजको लक्ष्य र उद्देश्य बारे प्रशिक्षण दिएका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित