गाजामा इजरायली आक्रमणका साथै नाकाबन्दी

काठमाण्डौ । प्यालेष्टाइनी भूभाग गाजामा इजरायली आक्रमण निरन्तर जारी छ । इजरायलले नाकाबन्दी जारी राखेको छ । गाजामा २०२३ अक्टोबर ७ पछिको इजरायली आक्रमणमा परी अहिलेसम्म ५२ हजार भन्दा बढिको मृत्यु भएको छ । मारिनेहरुमा अधिकांश केटाकेटी महिलाहरु रहेका छन् । गाजाको नागरिक सुरक्षा निकायले पछिल्लो समय इजरायली हवाइ आक्रमणमा १६ जनाको मृत्यु भएको जनाएको छ । जसमा कम्तीमा तीन जना बालबालिका छन् ।इजरायलले हाल गाजामा मानवीय सहायता आपूर्ति रोकिदिएको छ । संयुक्त राष्ट्रसंघका निकायहरूले इजरायललाई नाकाबन्दी हटाउन आग्रह गरेका छन् । तर इजरायलले सो आग्रहको कुनै सुनुवाइ गरेको छैन । गाजामा भौतिक संरचनाहरु ध्वस्त भएका छन् । लाखौं विस्थापित भएका छन् ।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित