काठमाडौं । भारतले पाकिस्तानमाथि हवाइ हमला गरेको छ । भारतले पाकिस्तान नियन्त्रित काश्मिरमा भिषण हमला जारी राखेको छ । भारतीय सेनाले पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मिरमा रहेका नौवटा आतंकवादी क्याम्पमा हमला गरेको समाचारहरुमा बताइएको छ । आक्रमणमा पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिद ध्वस्त भएको छ । भारतले बुधबार बिहान गरेको हवाई हमलामा २६ जना नागरिकको मृत्यु भएको र ४६ जना घाइते भएको पाकिस्तानले जनाएको छ। त्यस्तै, भारतले पनि सीमापारिबाट भएको गोलाबारीमा १० जना भारतीय नागरिक मारिएको र ३२ जना घाइते भएको बताएको छ।
भारतले यो हवाई आक्रमणलाई जम्मूकश्मिरको पहलगाममा अप्रिल २२ तारिखका दिन भएको आतंकवादी हमलाको जवाफ भनेको छ। उक्त हमलामा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो।पहलगाम घटनामा पाकिस्तानको भूमिका रहेको दाबी गर्दै त्यसको जबाफमा अपरेसन सिन्दुर’ चलाएर आतंकवादी संगठनका अड्डालाई लक्ष्य गरी आक्रमण गरिएको भारतीय विदेश मन्त्रालयले बताएको छ।