बेङ्गलोर । अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिको द्वारा १८ अक्टोबर देखि २२ अक्टोबर २०२५ सम्म आयोजना गरिएको देउसी भैलो बेङ्गलोर महानगरमा कार्यरत श्रमजीवी नेपालीहरूको घरदैलोमा देउसी भैलो प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रम २६ अक्टोबर २०२५ का दिन नगर अध्यक्ष राम दत्त पाण्डेयको अध्यक्षता र संचालन नगर सचिव हरिश विकले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष किसन बहादुर विक, विशेष अथिति केन्द्रीय सदस्य धर्म राम विक, अथिति केन्द्रीय सचिव तथा रक्तिम सांस्कृतिक अभियानका संयोजक रामसिंह विक, केन्द्रीय सदस्य तथा हाँक सप्ताहिकका सम्पादक करन दयाल, केन्द्रीय सदस्य सदस्य तथा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य गणेश विक, केन्द्रीय सदस्य शेरसिंह विक, केन्द्रीय सदस्य तथा महिला नेतृ ज्ञानमती विक, केन्द्रीय सदस्य तथा महिला नगर विभागकी सचिव मिना विक, विध्यार्थी केन्द्रीय सदस्य प्रतिभा विक, केन्द्रीय सदस्य नविना दयाल, केन्द्रीय सदस्य सरिता विक, केन्द्रीय सदस्य बिन्दु विक, अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समितिबाट शिब राम विक, क्षेत्रिय प्रतिनिधि बिरेन्द्र विक, क्षेत्रिय सदस्य राजेन्द्र विक, क्षेत्रिय सदस्य द्रोपती विक , क्षेत्रिय सदस्य वसन्ती विक, क्षेत्रिय सदस्य हिरा ओड, क्षेत्रिय सदस्य सुन्दरी कोली, क्षेत्रिय सदस्य पार्वती बयानी, क्षेत्रिय सदस्य अरूणा विक,अर्जुन टमटा , रक्तिम सांस्कृतिक अभियानकि पुष्पा दयाल, बेङ्गलोर दक्षिण नगर समिति का सदस्य तथा ईजिपुरा एरिया समितिका अध्यक्ष स्याम बहादुर परियार नगर सदस्य तथा ताउरेकेरे एरिया समितिका कोषाध्यक्ष लवदेव विक,नगर सदस्य बोम बहादुर परियार, मोहन लाल परियार, नगर सदस्य तथा ताउरेकेरे एरिया समिति का उपाध्यक्ष गणेश विक, महिला नगर विभागकी राधिका विक, विस्ना विक ,ज्योती विक, जयन्ती टमटा जयन्ती बयानी,गिता वि क, गंगा कोली वसन्ती कोली, बी.टी.एम एरिया समिति का अध्यक्ष बिनोद कुमार विक, केशव विक , ईजिपुरा एरिया समितिका उपाध्यक्ष भिम बहादुर परियारको अथित्यता रहेको थियो । अथिति आशन ग्रहण पछि देश र जनताको निम्ति शहादत प्राप्त गर्नुभएका ज्ञाता अज्ञात सहिद प्रति एक मिनेट मौनधारण गरिएको थियो । मौनधारण पश्चात नगर सदस्य बोम बहादुर परियार उपस्थित जनसमुदायलाई शब्दबाट स्वागत गर्न भएको थियो भने रक्तिम सांस्कृतिक अभियान कलाकारहरूले गीत र संगीतबाट स्वागत गर्न भएको थियो। स्वागत गीत पछि केन्द्रीय उपाध्यक्ष किसन बहादुर विकले तालीको गडगडाहटका साथ समापन कार्यक्रमको दीप प्रज्ज्वलन गर्दै देउसी भैलो आर्थिक उपार्जनको लागि नभएर आफ्नो देशको सांस्कृतिक परम्परा र रीतिरिवाज बचाउनकोलागि र प्रवासी दाजुभाई दिदीबहिनीहरूको दुःख पीडा बिर्साउँदै भाई बहिनीको अटुट सम्बन्ध कायम राख्न सकिन्छ भन्ने हेतुले पनि देउसी भैलो खेल्ने गरिन्छ। भन्दै अखिल भारत स्तरमा श्रमजीवी नेपालीहरूको हकहित संरक्षण गर्न अखिल भारत नेपाली एकता समाज नेपाल सरकार र भारत सरकार संग बारम्बार आफ्ना माग राख्दै आएको इतिहास सबै नेपालीलाई अवगत भएकै कुरा हो । त्यति मात्र होइन भर्खरै पनि भारतस्थित नेपालीहरूको समस्या समाधान गर्नको लागि नेपाल सरकार प्रधानमंत्रीका मुख्य सलाहकार अजयभद्र शर्मा र प्रराष्ट्र मंत्रालयका मुख्य सचिव अमृत बहादुर राइलार्इ २०८२ कार्तिक २ तदनुसार १९ अक्टूबर २०२५ का दिन अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष आनन्द थापाको नेतृत्वमा उपाध्यक्ष एम्बी हमाल, महासचिव महेन्द्र बस्याल, सदस्य खगेस्वर शर्मा र सलाहकार कृष्ण केसी सहितको प्रतिनिधि मंडलले ज्ञापन पत्र बुझाएको छ। जानकारी गराउदै बेङ्गलोरमा देखा परेका विभिन्न खाले संघसंस्था खोलेर सिधासाधा नेपाली भ्रम पार्न भएको छ त्यस सम्बन्धी नेता किसन बहादुर विकले उद्देश्य बिनाको कुनै संगठन समाज हुँदैन कही आस्थावादी धर्मको प्रचार गर्ने कहीजातिको बारेमा संगठित गर्ने जस्ता विभिन्न खालका संगठनहरू छन् तर हामीहरू देश छोडेर अन्य स्थानहरूमा बसोबास गरेपनि नेपाल र नेपाली श्रमजीवी वर्गको हकहितका लागि भौतिकवादी संगठन अखिल भारत नेपाली एकता समाजमा संगठित हुनुपर्ने कुरामा जोड दिदैं सम्पूर्ण प्रवासी नेपाली तथा एकता प्रेमी जनसमुदाय र देउसी भैलो कार्यक्रममा सहभागी टिम कलाकार भाई बहिनी लगायत अन्य सहयोग पुर्याउने सहयोग योद्धा मित्रहरूमा २०८२ सालको शुभ दिपावली तथा छठ पर्वको अवसरमा सबैको सुख शान्ति समृद्धिको कामना गर्दै देउसी भैलोको शुभकामना व्यक्त गर्नुभएको थियो। अन्य शुभकामना दिनेहरूमा केन्द्रीय सचिव रामसिंह विक, केन्द्रीय सदस्य धर्म राम विक, केन्द्रीय सदस्य करन दयाल, केन्द्रीय सदस्य ज्ञानमती विक, केन्द्रीय सदस्य मिना विक क्षेत्रिय सदस्य हिरा ओड, क्षेत्रिय सदस्य पार्वती बयानी, नगर सदस्य तथा ईजिपुरा एरिया समिति का अध्यक्ष स्याम बहादुर परियार, विद्यार्थी केन्द्रीय सदस्य प्रतिभाले मनतव्य राख्नु भएको थियो । अन्त्यमा देउसी भैलो खेलेर मनोरञ्जन गर्दै सुदूरपश्चिमको प्रसिद्ध देउडा खेल खेलेर अध्यक्ष राम दत्त पाण्डेयले कार्यक्रम विसर्जन गर्नु भएको थियो।

