अभानेविसंघको खेलकुद कार्यक्रम  सम्पन्न

चेन्नै । अखिल भारत नेपाली विद्यार्थी संघ चेन्नई उत्तर नगर समितिको तत्वावधनमा दिनांक ५ मार्च २०२३ का दिन चेन्नईको हार्वार क्वाटरको प्रांगणमा आयोजना गरिएको खेल–कूद कार्यक्रमको अध्यक्षता शिव केसीले गर्नु भयो । अतिथिको आसन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । उपस्थित अतिथि र खेलाडीहरूलाइ सर्मिला बि क ले स्वागत गर्नु भएको छ। भलिवल रनिंग शिल्ड प्रतियोगिताको उद्घाटन विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष तथा क्षेत्रीय अध्यक्ष बिक्रम केसीले तालीको गडगडाहटमा रिबन काटेर गर्नु भयो ।

खेलकुद कार्यक्रम सफलताको शुभकामना दिनेहरूमा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय महासचिव महेन्द्र बस्याल, केन्द्रीय सदस्य शेर बहादुर बि क, हेमराज रिजाल, रन बहादुर थापा, उमानन्द आचार्य, दुर्गा सुवेदी, नर बहादुर गुरूङ, माया हमाल, तिलकराम गोराथोकी र क्षेत्रीय सदस्य मोहराज सुवेदी रहनु भएको थियो ।

कोरोना र लकडाउन पछि आरम्भ गरिएको खेलकुंद कार्यक्रम दिनको करिब २ बजे शुरू भएको थियो । खेलमा चेन्नई पूर्व, चेन्नई दक्षिण– ए र बी, चेन्नई पश्चिम, विद्यार्थी, चेन्नई उत्तर ए र बी गरी ७ टिमले भाग लिएका थिए । कडा प्रतिस्पर्धा पछि अखिल भारत नेपाली एकता समाज चेन्नई उत्तर नगर समितिको टिम प्रथम र चेन्नई पश्चिम नगर समितिको टिम दितीय भएका थिए ।

खेललाई व्यवस्थापन गर्नको लागि प्रमुख अम्पायर नर बहादुर गुरूङ, शेर बहादुर बिक, कमल थापा र बिजय गुरूङ रहेका थिए । खेलमा उत्कृष्ट खेलाडीको रूपमा विष्णु नेपाली छनोट भएका थिए । विजयी खेलाडीहरूलाई पुरस्कार अखिल भारत नेपाली एकता समाजका केन्द्रीय महासचिव महेन्द्र बस्याल र सोशियल वर्कर तथा  एलआईसीका डेवलपमेन्ट अफिसर अलागाडुराइले दिनु भएको थियो । विजयी टिमलाई बधाई दिनेहरूमा केन्द्रीय महासचिव महेन्द्र बस्याल, हेमराज रिजाल, दुर्गा सुवेदी, माया हमाल र शेर बहादुर बिक रहनु भएको थियो कार्यक्रमको संचालन नर बहादुर बिकले गर्नु भएको थियो ।

अखिल भारत नेपाली विद्यार्थी संघको खेलकुद कार्यक्रमलाई रचनात्मक कार्यक्रम भनी प्रशंसा गरिएको छ । अखिल भारत नेपाली विद्यार्थी संघलाई सुरुमा पंचायतकालमा दिल्लीस्थित नेपाली दुतावासको पहलमा गठन गरिएको थियो ।

संगठनको पहिलो अध्यक्ष बाबुराम भट्टराई हुन् । भारतमा अध्ययन गर्न आएका विद्यार्थीहरुको बीचमा सहजीकरण गर्न सजिलो होस् भन्ने  हेतुले यो संगठन गठन गरिएको थियो । तर कालान्तरमा यो संगठनले कम्युनिस्टको सहयोगी मञ्च भयो भनेर नेका समर्थक विद्यार्थीहरु यसबाट अलग्गिएर नेविसंघ भारत शाखा बनाएका थिए । माले समर्थक विद्यार्थीहरु पनि अलग्गिए । अनेकौं आरोह अवरोह सँगै यो संगठन अगाडि बढिरहेको छ । २०१५ मा दिल्लीमा सम्पन्न भेलाले प्रकाश भण्डारीलाई अध्यक्ष बनाएको थियो । मूल प्रवाहले यस संगठनप्रति उपेक्षा गरे पनि अखिल भारत नेपाली एकता समाजको अभिभावकत्वमा अभानेवि संघले आफ्ना गतिविधि अगाडि बढाइरहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित