पान्डीचेरी । अखिल भारत नेपाली एकता समाज पान्डीचेरी नगरसमितिको १५औ नगर सम्मेलन २०२५ ७ दिसम्बर २०२५ का दिन पान्डीचेरीमा अवस्थित जवहार नगर कम्युनिटी हलमा सम्पन्न भएको छ । कार्यक्रमको संचालन नगर सचिव राजु थापा र अध्यक्षता सुर्य थापाले गर्नु भएको थियो । अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । उपस्थित जनमानसलाइ शब्द बाट हरिकला थापा र गीत–संगीतबाट रक्तिमका कलाकारहरूले स्वागत गर्नु भएको थियो। प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका केंद्रीय महासचिव महेन्द्र वस्यालले दीप प्रज्वलन गरेर १५ औ नगर सम्मेलनको उद्घाटन गर्नु भएको थियो ।
उद्घाटन भाषण पछि केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष हेमराज रिजालले नगर सम्मेलनको प्यानल प्रस्तुत गर्नु भएको थियो । नव निर्वाचित समितिलाइ बधाई तथा शुभकामना दिनेहरूमा केंद्रीय सदस्य प्रेम सुवेदी, केन्द्रीय सदस्य तथा चेन्नई उत्तर नगर अध्यक्ष उमानन्द आचार्य, केन्द्रीय सदस्य तथा चेन्नई पश्चिम नगर अध्यक्ष राजु अधिकारी, केन्द्रीय सदस्य हरि जिसी, माया रोका, बन्सरा राना, जनकराज शर्मा, कुमारी थापा, मोहराज सुवेदी, विद्यार्थी केन्द्रीय अध्यक्ष नर बहादुर बिक, क्षेत्रीय सदस्य उमानाथ ढकाल, भीम बहादुर थापा, चेन्नई उत्तर नगर उपाध्यक्ष सोनु बराल, चेन्नई पश्चिम नगर समितिकी सदस्य कुमारी रायमाजी, सिता थापा, माया परियार, उमेश रायमाझी र चेन्नई पूर्व नगर समितिको तर्फबाट ईन्द्र थापा रहनु भएको थियो। १५ औ नगर सम्मेलनले राजु थापाको अध्यक्षतामा ९ पूर्ण ३ बैकल्पिक र ७ सलाहकार गरी १९ सदस्यीय पान्डीचेरी नगर समितिको चयन गरेको छ । जसमा उपाध्यक्ष प्रेम केसी, सचिव जनकराज शर्मा, सहसचिव हरिकला थापा, कोषाध्यक्ष कुमारी थापा, सदस्यहरूमा सुर्य थापा, प्रेम सुवेदी, सन्जोक आले मगर, बिर बहादुर चौधरी बैकल्पिक सदस्यहरूमा अशोक बहिक, रमेश थापा, दिननाथ शर्मा सल्लाहकारमा शिव बस्नेत, राकेश चौधरी, बाटुली चौधरी, सुनिल चौधरी, डिके थापा, रेनुका चौधरी रहनु भएको छ भने एक स्थान रिक्त राखिएको छ ।
नव निर्वाचित समितिको तर्फबाट नगर अध्यक्ष राजु थापाले सफत ग्रहण गर्नु भयो। कार्यक्रमको विच विचमा रक्तिमका कलाकारले गित नृत्य प्रस्तुत गरेर कार्यक्रमलाइ अत्यान्तै रोचक बनाएका थिए । अन्तमा कार्यक्रमका सुर्य थापाले कार्यक्रममा उपस्थिति र कार्यक्रमलाई आर्थिक नैतिक र भौतिक रुपमा सहयोग पु¥याउनु हुने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिदै कार्यक्रम भब्य र सान्दार रुपमा सम्पन्न भएकोमा धन्यवाद दिदै कार्यक्रमको अन्त्य गर्नु भएको थियोे ।
पाण्डीचेरी नगर समितिको १५ औं नगर सम्मेलन सम्पन्न
Comments

