हिन्द प्रशान्त क्षेत्रमा आणविक हतियार सहितको पनडुब्बी राख्ने सम्झौता

काठमाडौं । हिन्द प्रशान्त क्षेत्रमा आणविक हतियार सहितको पनडुब्बी राख्न विश्वका तीन देशहरु बेलायत, अमेरिका र अष्ट्रेलिया बीचमा सम्झौता भएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा तीन देशका राष्ट्र प्रमुखहरुको उपस्थितिमा सो सम्झौता भएको हो । यी देशहरुले सन् २०२१ मा अउकस गठन गरेका थिए । यही अन्तर्गत रहेर अष्ट्रेलियाले तत्कालै ३ वटा आणविक पनडुब्बी प्राप्त गर्ने जनाइएको छ ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनक, अमेरिकाका राष्ट्रपति जो वाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एलवानेस संयुक्त रुपमा सो सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौताको उद्देश्य हिन्द प्रशान्त क्षेत्रलाई स्वतन्त्र राख्ने कुरा बताएका छन् भने चीनले सो सम्झौताको विरोध गरिरहेको छ ।

यो सम्झौताको मुख्य उद्देश्य दक्षिण चाइना समुन्द्र कब्जा गर्ने र चीनलाई घेर्ने रणनीति रहेको विश्लेषकहरु बताउँछन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित