भारत, चेन्नै । अखिल भारत नेपाली एकता समाज केन्द्रीय महिला बिभागले ८ मार्चका दिन सुरु गरेको महिलाहरूको महानचाड “११३ औ” अन्तराष्ट्रिय श्रमिक महिला दिवस” चेन्नै सयुक्त महिला विभागको आयोजनामा दिनांक १२ मार्च २०२३ चेन्नैमा समापन समारोह सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता खिमा गिरी गरेकी थिइन भने अतिथिहरूको आशनग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । उपस्थित जनमानसलाई शब्दबाट गिता शर्मा र संगीतबाट रक्तिमका कलाकारहरूले स्वागत गरेका थिए । अखिल भारत नेपाली एकता समाजका अध्यक्ष देवबहादुर लामिछानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अन्य अतिथिहरुमा केन्द्रीय सदस्य दुर्गा सुवेदी, माया हमाल, हेमराज रिजाल, शेर बहादुर बिक, उमानन्द आचार्य, तिलकराम गोराथोकी, रन बहादुर थापा, क्षेत्रीय समिति सदस्य अर्जुन केसी, अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय उपाध्यक्ष बिक्रम केसी, चेन्नै दक्षिण नगर समितिबाट रोमनाथ सुवेदी, राम कुमार, लक्ष्मीप्रसाद आचार्य, बिरु नेपाली, चेन्नै पच्क्षिम नगर समितिबाट जीवन घर्ती, महिला बिभागबाट मंगली बिक, माया थापा, चन्द्रा सुवेदी, कोपिला देवी, रक्तिम कलाकार सिता घिमिरे, हाँकका पत्रकार राजु अधिकारी, र कार्यक्रममा वयोबृध नन्द कुमारी, बलिका देवी, दुर्गा कला ढकाल र पदमा कला रिजालहरुलाई मन्चमा सम्मानजनक आसनग्रहण गराइएको थियो । कार्यक्रममा समसामयिक विषयमा प्रश्न–उत्तर लगायत रचनात्मक कार्यक्रम गरिएको थियो जसमा धेरै भन्दा धेरै महिलाहरुको प्रश्नको उत्तरहरु दिएका थिए । सहि उत्तर दिनेहरुलाई पुरस्कार वितरण गरियो । कार्यक्रमलाई विशेष व्यवस्थापन बिरु नेपालीले गरेका हुन् । कार्यक्रम संचालन देवी रिजालले गरेका थिए । कार्यक्रममा अतिथिहरुले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चको शुभकामना व्यक्त गरेका थिए ।