अष्ट्रेलियाको डार्लिङ बाका नदीमा लाखौंको संख्यामा माछाहरुको मृत्यु

काठमाडौं । अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित डार्लिङबाका नदीमा लाखौंको संख्यामा माछाहरुको मृत्यु भएको जनाइएको छ । नयाँ साउथ वेल्सको मिनिन्डी भन्ने शहर नजिकै रहेको डार्लिङ बाका नदीमा मरेका माछाहरु पानीमा तैरिरहेका छन् । राज्यको नदीसम्बन्धी अधिकारीहरुले यसरी ठूलो संख्यामा माछाको मृत्यु हुनुमा तापक्रमको वृद्धि रहेको बताएका छन् ।

हावापानीको परिवर्तनको असरले यस्तो भएको हुन सक्ने बताइएको छ । गत शुक्रबार यसरी नदीमा माछाहरु मरेका छन् । शनिबार मिनिन्डीको तापक्रम अत्यधिक रहेको थियो । बाका डार्लिङ नदी मुरी डार्लिङ बेसिन नदीको शाखा हो । यो अस्ट्रेलियाको सबभन्दा ठूलो नदी हो । नदीमा अत्यधिक मानवदोहन, उद्योगहरुको विकास, खडेरीका कारण पानी बहावमा कमी भइरहेको छ । यो भन्दा ३ वर्ष अगाडि पनि यस नदीमा ठूलो संख्यामा माछाहरुको मृत्यु भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित