जर्मनीमा ‘आणविक युग’को अन्त्य

बर्लिन । जर्मनीले शनिबारदेखि आफ्ना अन्तिम तीन आणविक भट्टी बन्द गर्ने भएको छ र आणविक शक्तिबाट बाहिरिने भएको छ ।

धेरै पश्चिमा देशहरूले आफ्नो उत्सर्जन कम गर्न आणविक ऊर्जामा आफ्नो लगानी बढाइरहेका बेला जर्मनीले आफ्नो आणविक युगको अन्त्य गरेको छ ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रले सन् २००२ देखि नै आणविक उर्जाशक्तिलाई अन्त्य गर्न खोजिरहेको थियो । तर सन् २०११ मा जापानमा फुकुशिमा आणविक विपत्तिपछि पूर्व चान्सलर एन्जेला मर्केलले चरणबद्ध रूपमा यसलाई तीव्रता दिएका थिए ।

युक्रेनको चेर्नोबिलजस्ता शीतयुद्धको द्वन्द्व र आणविक विपत्तिको डरले शक्तिशाली आणविक विरोधी आन्दोलन भएको देशमा बहिर्गमनको निर्णय लोकप्रिय हुनेछ ।

“आणविक ऊर्जाको जोखिम अन्ततः अनियन्त्रित छ,” वातावरणमन्त्री स्टेफी लेम्केले भने । उनले यसै हप्ता देशमा जी–७ को बैठकअघि दुर्घटनाग्रस्त जापानी प्लान्टको भ्रमण गरेका थिए ।

तर सस्तो ग्याँस आयातलाई अन्त्य गरेको रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण उत्पन्न चुनौती र उत्सर्जनमा छिटो कटौती गर्नुपर्ने आवश्यकताले जर्मनी आणविक ऊर्जाबाट फिर्ता हुन ढिलाइ गर्न स्थानीय विश्लेषकहरूले आह्वान गरेका थिए ।

आणविक विरोधी आन्दोलनको केन्द्रमा रहेको ग्रीनपीसले बर्लिनको ब्रान्डेनबर्ग गेटमा एक उत्सव पार्टी आयोजना गरेको छ ।

“अन्तमा, आणविक ऊर्जा इतिहासको हो १ यो अप्रिल १५ लाई सम्झने दिन बनाऔं,” ग्रीनपीसले भनेको छ ।

यसैबीच, कन्जरभेटिभ दैनिक एफएजेडले आफ्नो शनिबारको संस्करणमा ‘धन्यवाद, आणविक ऊर्जा’ शीर्षकमा हेडलाइन बनाएको छ र यसलेले वर्षौंदेखि आणविक शक्तिले देशलाई ल्याएको फाइदाहरू सूचीबद्ध गरेको छ । (रासस)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित