केन्यामा चर्किदै विपक्षीको प्रर्दशन

असार २८ काठमाण्डौ । अफ्रिकी मुलुक केन्यामा विपक्षी पार्टीको सरकार विरोधी प्रर्दशन चर्किदै छ । सरकारको कर वृद्धि र जनजीवनसँग सम्बन्धित सबै कुराको मूल्य वृद्धिका विरोधमा प्रर्दशन भएको हो ।

विपक्षी नेता राइला ओडिङ्गाले देशव्यापी रुपमा आहृवान गरेको प्रर्दशन तथा नागरिक अवज्ञा कार्यक्रममाथि सरकारले व्यापक दमन गरेको छ । सरकारी दमनमा परी ६ जनाको मृत्यु हुनुका साथै धेरै जना अस्पताल भर्ना भएका छन् । राष्ट्रपति विलियम रुटोको सरकारले कर वृद्धिका साथै जनजीवन सङ्ग सम्बन्धित सबैकुराको मूल्य बढाएको छ । सरकारले आवास र रोजगारीको श्रजना,ऋणको भुक्तानीको लागि भन्दै कर र जनजीविका सँग सम्बन्धित सबै कुराको मूल्य बढाएको छ । रुटो सरकारको नेतृत्वमा आएदेखि नै देशको अर्थव्यवस्था ऋण र मुद्रास्फितिमा चलेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित