कविता : उज्यालो

विमल शर्मा ••

बत्तीको उज्यालोले कोठाको अँध्यारो हटायो
तर गाँउको अँध्यारो हटाउन सकेन
बिजुली बत्तीले गाँउको अँध्यारो हटायो
तर संसारको अँध्यारो हटाउन सकेन
चन्द्र र सूर्यले संसारको अँध्यारो हटाए
तर शोषित पीडितको अँध्यारो हटाउन सकेनन्
नेपालका शिक्षा प्रचारकहरू
विदेशी शिक्षाको आडमा
शिक्षारूपी बत्ती बाल्ने तिम्रो शिक्षाले
एक मानवलाई देवताको रूप बनाई
सामन्त वर्गलाई बचायो
शोषित पीडितको आत्मालाई बचाउन सकेन
गरिबलाई उज्यालो बाढ्न सकेन
विद्यार्थीलाई ज्योति दिन सकेन
त्यसैले
फर्केर हेर शोषित पीडितलाई
जहाँ शोषित पीडितको लागि परिश्रम गर्नेले
खान र बाच्न पाइने
सुतुवा र लुटुवालाई पश्रिममा लगाउने
पढ अनी पढाउ माक्र्सवाद–लेनिनवाद माओविचारधाराको शिक्षा
सही बाटो समात भौतिकवादी शिक्षा
तबमात्र बल्न सक्ने छ
शोषित पीडितको दिलमा उज्यालो
२०४५ फागुन १९

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित