क्रान्तिकारी मुसाहरू

केशव गाहा ‘पाल्पाली’

दलाल प्रतिक्रियावादी शक्ति संग सहकार्य गर्दै

सत्ताको रसपान गर्न लालायित

आजका कृत्रिम कम्युनिष्ट क्रान्तिकारीहरु

मार्क्स लेनिनले माओले

प्रतिपादन गरेका

नीति सिद्धान्तलाई

तिलान्जलि दिएर

कम्युनिजमको खोल भित्र लुकेका

मुसाहरू

समाजवाद र साम्यवादको सुमार्गमा

प्वाल पार्दै

ती प्वालहरू सायद

तिनीहरूको लागी समाजवादी बाटो हुन सक्छ

साम्यवाद सम्म पुग्ने

द्रुत गतिमा लक्ष सम्म पुग्ने

सुरुङ बनाउने प्रयास हुन्छ सक्छ

खै थाहा छैन

तर

मार्क्स लेनिन माओले देखाएका

बाटाहरु

ति प्वालहरू पक्कै होइनन्

जसको बिरुध्द हाम्रो संघर्ष हो

उसै संग मिलेर संघर्ष गर्न

उसैलाई सहयोग गर्न

मार्क्स लेनिन माओले

सिकाएका थिएनन्

बाहिरी शक्तिलाई परास्त पार्न

देशलाई बाह्य शक्ति बाट जोगाउन

हो यति बेला

देशभक्ति जगाउने

देशका सम्पूर्ण शक्ति एकजुट हुने

बर्ग दुश्मन संग सहकार्य गर्ने

र ति दुश्मन संग संघर्ष गर्ने

रणनीति र कार्यनीतिको दुरुपयोग

सत्ता र स्वार्थ अनुरूप राजनीति

क्रान्तिकारीता होइन

यो छलकपट हो

कम्युनिष्ट विचारधाराबाट

पतन हो बिचलन हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित