- मेघराज भट्टराई
नेपाल आयल निगमका कर्मचारीले बोनस बाढीरहनु पर्ने
नेपालीजनले महंगी कहिलेसम्म सहिदिनु पर्ने ।
संसदमा प्रधानमंत्रीको उपस्थिति हुदैन नाजवाफ
केहि मुठीभरको लागी हामीले भोकै बसिदिनु पर्ने?
यो कुन तंत्र हो भन त तिमि राजनीतिक नेताहरु हो
देश चलाउन नागरिकले प्रदेशी भूमिमा मरिदिनु पर्ने?
किसानको लागी मल छैन सिंचाईको समस्या उस्तै
बाझो जमिन देशमा छोडी हामी परदेशिनु पर्ने ?
पहिले एक राजाले खांथ्यो यो देश लुटि
अहिले ७५३ महाराजा, वडा प्रदेश सबै पालिदिनु पर्ने ?
रातारात तेलको भाऊँ बढ़्यो ढुवानी महँगियो सबैको
प्रदेश सरकार संघीय ब्यबस्था अझ पनि राखी रहनु पर्ने ?
महँगी, भ्रष्टाचार, ब्यभिचार, दलाल शासक सब खारेज गरौं ।
अझै पनी चुप्प लागेर नेपालीले कति बसी रहनु पर्ने ?
Comments