मानबहादुर भण्डारी
वास्तविकतालाई नबुझेरै निर्लज्ज आंँखा चिम्लियर
व्यर्थ लहलहैमा भ्रामक प्रचारलाई शिरोधार्य गरेर
रातदिन एकापसमा धारेहात लाउँदै उत्तेजित भएर
आफ्नै खुट्टामा आफैले बन्चरोहान्ने गलत निर्णय गरेर
तंँ भन्दा म के कम भन्ने अहङ्कारीहरूलाई म के भनौ ?
कोही लुकेर हान्ने कोही खुल्लमखुल्ला भुकेर हान्ने
मै जान्ने मै सुन्ने,अरुले भनेको नमान्ने आफुले नजान्ने
कोही दमनात्मक पाराले एकधुर भएर हैकम चलाउने
कोही प्रभावात्मक पाराले शब्दजाल रचना गरी लडाउने
कोही मुक्तयात्मक पाराले सम्बन्ध विच्छेदको रँग चढाउने
तिम्रा यिनै गतिविधिहरूलाई कुन शब्दले म परिभाषित गरुँ
प्राकृतिक अनुशासन मानेर चलुँ कि
अधिकारिक अनुशासन मानेर ढलुँ
आत्म अनुशासन मानेर निर्धक्क चलुंँ कि
सामाजिक अनुशासन मानेर अघि बढुँ
तिमीले गल्ती गर्दै जाने अनि म टुलुटुलु हेरी मात्र रहुँ कि
जे तिमीले गर्छौ त्यही आँखा चिम्लिएर अँगालोमा बेरी रहुँ
तिम्रा हरेक कुराको साक्षीबनेर निरन्तर माला जपी रहुँ कि
बलेको आगोमा तिम्रै आदेश पालना गर्दै घिउ थपी रहुँ
हो जे मन लायो त्यो गर्न मेरो अनुशासनले अनुमति दिंदैन
आफ्नै घरभित्र आफै डुबी मर्ने खाल्टो खन्ने अनुमति दिंदैन
कोही काखा कोही पाखा लगाई मौन बस्ने अनुमति दिंदैन
जोड्नलाई प्रयास गर भन्छ तर तोड्नलाई अनुमती दिंदैन
त्यसैले आज म दुई ढुËाको चेपुवामा परेरै भए पनि
कहिले उकाली चढेर कहिले ओराली झरेरै भए पनि
च्यातिएका मनहरूलाई सिलाएरै भए पनि जोड्न चाहन्छु
तिमीले मलाई जे सोंच जे ठान म घृणालाई मोड्न चाहन्छु
तिमी हरेक पल आफुलाई अरु भन्दा शिर्ष देखाउन चाहन्छौ
हामी सबै समान हाम्रो लक्ष उद्देश्य एक हो सम्झाउन चाहन्छु
जहाँ गल्ती भएको छ त्यही सच्चाएर अघि बढौ भन्न चाहन्छु