उकाली ओराली गर्दै

नारायण योगी
उकाली ओराली गर्दै डाडै चौपारी भर पर्‍यौँ
चरिले बनायो गुँड दाजुको घर चै का पर्‍यो

कहिले पूर्व कहिले पश्चिम कहिले समुन्द्रको पार
मलाया र वर्मा हुँदै पुग्यो तिमी ब्रिटिसको द्वार
बन पाखा खोरिया खेत तिम्रो आस गर्दै बसे
छोरा नाती पालै पालो सबै मुग्लान तिर पसे
उकाली……

कहिले काँही आफन्तले नजाउ भनी बाटो पनि छेके
देशमै पोरख गरौँ भनी विन्ति गरी थाके
मार्सी धान झुल्ने खेत सारा सिरुको जङ्गल
कोदो, फापर, मकै बारी, चिलाउने सब एकल ।
उकाली……….

खै त तिम्रो कर कमाई रुपियाँ पैसा चार पुस्ताको आज
विदेशको भर परेर यहाँ कसको सप्रियो राज
जति माया मोह लाए पनि त्यो त परदेशकै हो भूमि
स्वर्ग जस्तो प्यारो नेपाल पाउने छैनौँ कहिल्यै हामी ।
उकाली …….

लोभ लाभको सिमा हुन्न छैन केही भर
परदेशका दाजु, दिदी बैनी अब फर्कने हो घर
प्रकृतिको बैभवताले भरिपूर्ण हाम्रो देशको माटो
यो माटोको रक्षा गरौँ अब न बिराउँ है बाटो

उकाली……
पौरख गरौँ उद्यम गरौँ कलकारखाना खोलौँ
पौरखीको सरकार ल्याउन देश परदेश एक मै लडौँ
सरकारका टाउके सबै छन् दलालका दास
यी टाउके दलालको हाम्ले अब गर्न हुन्न आस
उकाली …..

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित