युवाहरूको अवस्था

करन दयाल ••
देशको गति युवाहरूको पीडा यस्ता छन् ।
देश बनाउनु छ भन्ने मनसाय परास्त भकाछन् ।
देशको चिन्ता नगरी युवाहरू पलायन भएकाछन् ।
हिन्दी उखान झै आफू मर्ता क्या नै कर्ता भकाछन ।

आमाबुबा छोरा छोरी श्रीमती कसरी पालौ भको छ ।
देशमा कुनै काम धन्दा तेजारथ छैन खर्च मात्रै छ ।
आय स्रोत नभएकोले युवाहरूको जीवन न्यून छ ।
महङ्गीमारले युवा शक्ति छाकटार्न विदेशिन बाध्य छ ।

युवाहरूले शिक्षा प्राप्त गरेर पनि के पाएका छन् ।
देशको युवा शक्ति खाडी मुलुकमा बालुवा बोक्दैछन् ।
उच्च शिक्षा लिइ अरबको सय डिग्री गर्मीमा तडपिँदैछन् ।
घर परिवारको आË छोप्न छाक टार्न मात्रै गएका छन् ।

युवाहरूले उच्च शिक्षा हासिल गरे उपलब्धि भएन ।
देशमा रोजगार नभएका कारण देशमा बस्न सकिएन ।
देशको माया छँदाछँदै विदेशीन बाध्य भयो रहर हैन ।
लालाबाला आमाबुबा श्रीमती एक्लै बनाउनु खुशीले हैन ।

विदेशीन बाध्य युवाहरू विदेशबाट के गर्न सक्छौ ।
विदेशीको चलखेल छ उनकै देशबाट के गर्न सक्छौ ।
देश बिग्रेको मुटुभित्र मात्रै सिमित छ अरू के गर्न सक्छौ ।
हविगत भो विदेशीको युवा विदेशमै बाध्य छ के गर्न सक्छौ ।

देशमाथि साम्राज्यको कब्जा हुँदैछ त्यो रोक्ने कसरी ।
साम्राज्यवाद विरोधी आन्दोलन उठाउने कसरी ।
विदेशी चलखेलले देश बिग्रियो बचाउने के गरी
सरकार विदेशीको कोठे नाँच नाँच्छ जोगाउने के गरी ?

देशको जनताले देशको लागि जीवन समर्पण गरेकै हुन ।
देशको लागि जनताले ठुला ठुला आन्दोलन गरेकै हुन ।
देश बनाउने उदेश्यले जनताले जीवन दान दिएकै हुन ।
आफ्नो ज्यानको प्रवाह नगरीकन आन्दोलन हाँकेकै हुन ।

पञ्चे देखि कम्युनिस्ट सम्म सबै आन्दोलन गरे जनताले ।
देश समृद्धि होस भन्ने उदेश्यले आन्दोलन गरे जनताले ।
उन्नाइस दिने राजाविरुद्धमा आन्दोलन गरेकै हो जनताले ।
माओवादीको विश्वास गरेर जनयुद्व गरेका हुन जनताले ।

लाज नभएका नकचराहरू सरकारका हिमायती छन्
देशजनताको प्रवाह नगर्नेहरूको झुन्ड सरकारमा हुन्छन्
भोटको लागि मात्र जनतामा गएर भ्रम श्रृजना गर्ने गर्छन
देश र जनताको के मतलव आफ्नो र आफन्तको पेट भर्छन

देश चलाउने युवा शक्तिको यस्तो अवस्था देखिएको छ
युवा शक्ति व्यवस्थापन गरिने ठाउँमा ओझेलमा पारिएको छ
युवाशक्तिले परायो देशबाटै यी गुनासाहरू बारबार पोखेको छ
युवाहरूले जति रोए कराए पनि नसुन्ने चलन चलेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित