– राम बसु
देशको माया मारि किन प्रदेशीयौ आज
आफ्नो देशमा गर्न लाग्यो विदेशीले राज ।
गरिबीले छुटाई दियो आफ्नो देशको सिमा
फर्क अब आफ्नै देशमा अझै बस्छौ किन ?
राईफल बोकि भारतको किन आयो जम्भु
भारतले खान लाग्यो तराईको सम्मो ।
बुद्धि भए फर्क अब विदेशबाट घर
आफ्नो साँध सीमा छोपी खेतिपाति गर
पैले काम खोज्दै जाँदा आसाम र वर्मा
शरणार्थि भए पछि फर्कि आउदा घरमा ।
आफ्नो भूमि आफ्नै देश केही छैन डर
पछुताउन पर्ला पछि ऐले होस गर
काठमाण्डौका छाउनीहरू सुस्ता लागि राख
सरकारमा बस्नेहरू सुत्न हुन जाग ।।
बेला बेला भारतले धक्काई दिदा पनि
न ब्युँझने अझै किन क्यै हुन्छ कि भनि ?
नेपालको सम्मो तिर भारतिया आए
खाली ठाउमा बसे पछि खेतिपाती लाए !!
नेताको चाक्री गरि नागरिकता पाए
यो देशको राजनीति तिम्ले गर्न लाए
खुल सीमा को को आउछ सकिदैन चित्र
खाली ठाउमा बसेपछि उसले पस्न दिन्न ।।
आफ्नो ठाउ आफैले त्यो सकिदैन किन्न
शक्तिशाली उही हुन्छ सकिदैन भिड्न
विदेशीको चलखेल बढ्यो देश भित्र
विखण्डीत बनाउने नयाँ नामका चित्र ।
नागरिकता विद्ययक ल्याई देशमा हुले देशी,
तिनैहरू झार्न लागे नेताहरूको सेखी
अन्न पैसा उनै संग भारतको आड
सेकाउन थाले उन्ले नेपालीको ढाड ।
राजनीतिबाट उन्ले देशै कब्जा गर्छन
यी नेपाली आपसमा लडीलड़ी मर्छन्
रिझाई हाल्छन नेताहरू केही हुन्न भन्न,
खरानीका डल्ला जस्ता न फूटेका धन्न ।
सत्ता पाए गान्धी जस्ता शान्ति शान्ति भन्छन्
न पाए त ज्वाला मुखिका लाभा जस्ता बन्छन्
मेरो जस्तो बुद्धि भन्ने घमण्ड भो यिन्मा
कुरा बोकी भारत जान्छन कैले जान्छन् चिन्मा ।
यिनैहरूका कुबुद्धिले देश डुब्यो ऋणमा
भारतले लडाउँदा हाँस्छन् रुन्छन् छिन्मा
नैतिकता भन्ने कुरो क्यै रहेन यिन्मा
पराईसँग हात जोड्छन् आपसमा लड्छन्
भाई फुटे गवाँर लुटे यस्तो पनि पढ्छन् ।।
भोट माग्दा जनताप्रति भन्छन प्रतिबद्ध
चुनाव जितेपछि नेता हुन्छन् अनमत्त
चुनाव आए लड्न भनि युवा खटाउने
चुनाव पछि पासपोर्ट दिइ विदेश पठाउने ।
परिवर्तनका बाहक यी युवाहरू भन्छन
युवाहरू भईमा आफू पजेरोमा चढ्छन्
आजसम्म जे जस्तो भो कमी कमजोरी
गर्नु हुन्न हामीहरूले अब फेरि फेरि ।
युवाहरूको तातो रातो रगतमा बाँच्न
पर्छ भने साँचो बोल अब हुन्न ढाट्न
स्वार्थ पुरा गर्न देशका युवा भिडाउने
होइन अब जातिदेखि जाति चिढाउने ।
देश भन्दा प्यारो कहाँ हुन्छ पार्टी नेता
सबै भन्दा प्यारो हुन्छ राष्ट्र राष्ट्रियता
देश भित्र बस्ने हो कि विदेशमा बस्ने
यो देशलाई जोगाउन मोर्चा एउटै कस्ने
विदेशीले फुक्न लाग्यो देशभित्र आगो
सुत्न हुन्न हे नेपाली उठ्नुपर्छ जागो ।
अर्घाखाँची