नारीको पीडा

– राधा खतिवडा

संगै जिउने र मर्ने बाचा गरिन्छ
पछि तिनै नारीको अपहेलना गरिन्छ
छोरा जन्मिँदा विजय उत्सव हर्ष उत्साह
छोरी जन्माउने नारीमाथि हिंसा गरिन्छ ।

सुरक्षित छैनन् नारीहरु गर्भमा पनि
संधैं शासित छौं हामी नारी
जति नै संघर्ष गरेपनि अधिकारमा वञ्चित
वैदेशिक रोजगारीमा पनि छैनन् सुरक्षित ।

नरपशुझैं अपहेलित भएका छन् नारी
लथालिङ भएका छन् घर फर्किदाँ उनी
संगै मर्ने संगै जिउने बाचा गरिन्छ
पछि तिनै नारीको अपहेलना गरिन्छ ।
११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा फागुन २५ गते वाचित कविता

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित