काठमाडौं । कवि बुद्धिराम गैरेले “पीडाका बाछिटा” शीर्षकमा कविता संग्रह प्रकाशित गर्ने भएका छन् । यस कवितामा कवि गैरेले अ देखि अm सम्म र क देखि ज्ञ सम्मका अक्षरबाट कविता सिर्जना गरेका छन् । यो नेपाली कविता साहित्यमा नौलो प्रयोग हो । “दुखेको घाउ हात र पाउ दुख्दैछ बदन, समुच्चलाई नभएपछि के काम सदन, लिंगको भेद रहेछ फेद जानेरे त्यसमा, उँखेल्नुपर्दछ कुरीति जति नीतिका देशमा ।”कवि गैरेले झ्याउरे भाकामा यस्ता सुन्दर कविताहरु रचना गरेका छन् ।
कवि गैरे २०१४ साल भाद्र ४ गते अर्घाखाँची जिल्लाको साविक नुवाकोट गाउँपंचायत वडा नम्बर ४ चिउरामाटीमा माता फतिकला गैरे र पिता स्व. तिलकराम गैरेको कोखमा जन्मिएका हुन् ।
यस भन्दा पहिले कवि गैरेले “माटोको सुगन्ध” शीर्षकमा कविता संग्रह प्रकाशित गरेका थिए । “पीडाका बाछिटा” कविता संग्रहलाई लुम्बिनी वाङमय प्रतिष्ठानले बजारमा ल्याउँदैछ । कवि गैरेको “सुन्ती” उपन्यास र “जीवन यात्रा” शीर्षकको आत्मावृत्तान्त प्रकाशोन्मुख कृति हुन् । साहित्यकार डा. देवी पन्थीले यसको भूमिका लेखि दिएका छन् । यस रचनामा सन्तबहादुर नेपाली र पिताम्बर भट्टराईले शुभकामना लेखेका छन् ।
कवि बुद्धिराम गैरेको ‘पीडाका बाछिटा’ प्रकाशित हुँदै

Comments