बलिउड फिल्मी ‘काला’ हेरेपछि

जितामित्र सुनार
मैले पहिलो पटक फिल्म ८ वर्षको उमेरमा हेरेको थिए । उडिसा राज्यको कटकमा । बाबाले साइकलमा बसालेर फिल्म हेर्न लग्नु भएको थियो । त्यो फिल्म मिथुन चक्रवर्ती अभिनित ‘प्यारी बहना’ भन्ने थियो । सम्भवतः यो सन् १९८५ मा बनेको हिन्दी फिल्म हो । त्यो फिल्मको कथावस्तु मलाई केही पनि याद छैन । उडिसाबाट घर फर्किँदा मुगल सरायबाट बनारससम्म आउँदा बसमा पनि फिल्म हेर्ने मौका मिलेको थियो । त्यो फिल्मको नाम थियो ‘मदर ईण्डिया’ (सन् १९७७) । सुनिल दत्त र नरगिस अभिनित यो फिल्म देश भक्ति फिल्म थियो । ‘प्यारी बहना’ मैले जीवनमा पहिलो पटक हेरेको थिए भने ‘मदर इण्डिया’ ले देशप्रेमी भावना पैदा गराएको थियो ।
पानी झिमझिम परिरहेको थियो । कोठाभित्र बस्दा अल्छी लागेर झ्याँप झ्याँप निद्रा लागिरहेको थियो । किताब हेर्न खोजेको जागर लागेन । कम्प्युटरमा युट्युब सर्च गरे र फिल्म हेर्ने मुड बनाए । फिल्म न हेरेको पनि धेरै समय भएको थियो । दयाहाङ राई अभिनित ‘गाउँ आएको बाटो’ फिल्म हलमा हेर्न मन लागेको थियो । तर प्युठानमा त्यो सुविधा न भएकोले सम्भावना रहेन । बाहिर गएको बेलामा कामको व्यस्तताले त्यो सम्भावना जुरेको छैन । हलमा धेरै वर्ष पहिले, जतिबेला प्यूठानको बिजुवारमा हल थियो, ‘ग्रेटर नेपाल’ हेर्ने मौका मिलेको थियो । त्यसपछि हलमा फिल्म हेर्ने मौका मिलेको छैन ।
ग्रेटर नेपालको निर्माण मनोज पण्डितले गरेका थिए । अनेक जोखिम मोलेर उनले ‘ग्रेटर नेपाल’ बनाए । उनले सबैबाट स्याबासी पनि पाए । तर, उनलाई राज्य पक्षबाटै हत्तोत्साहित पार्ने काम भयो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यतिबेला प्रधानमन्त्री थिए भने चलचित्र विकास बोर्डको अध्यक्षमा माओवादीका ईश्वरचन्द्र ज्ञवाली थिए । चलचित्र दिवसको अवसर पारेर राष्ट्रियताको सम्बद्र्धन गरेको बताउँदै ‘ग्रेटर नेपाल’लाई पुरस्कृत गरियो । विशेष समारोहको आयोजना गरेर राष्ट्रिय सभागृहमा प्रधानमन्त्रीले नै पदक प्रदान गर्ने कार्यक्रम बनेको थियो । पदक लिन सभागृह गएका मनोज पण्डितलाई अपमान गरियो । सबैको नाम आयो, उनको आएन । पछि थाहा भयो, ‘ग्रेटर नेपाल’को नाम त राति नै काटिएछ । बरु उनलाई ’भारत र नेपालको मैत्रीपूर्ण सम्बन्ध बिगार्न खोजेको’ आरोप लगाउन थालियो । केही वर्ष पहिले काठमाडौंमा भेट भएको थियो । सायद ‘ग्रेटर नेपाल’ लाई प्रतिबन्ध लागेपछि होला । उनी भन्दै थिए ‘राज्यले बदमासी ग¥यो, आवश्यकता प¥यो भने तपाईहरुले सहयोग गर्नु पर्ला ।’ आज भोलि मनोज पण्डितले के गर्दैछन् मलाई थाहा छैन ।
युट्युब सर्च गर्दै जाँदा रजनीकान्त अभिनित फिल्म ’काला’मा नजर गयो । निर्माता धनुष र पारङजीतले निर्देशन गरेको फिल्म सन् २०१८ मा बनेको रहेछ । फिल्मको कथावस्तु मुम्बईको धारावीमा रहेको झुपडी बस्ती (धोबीघाट) को जग्गा कब्जा गर्न, भुमाफिया र कर्पोरेट वर्गले राज्य सत्ताको आडमा गरेको अत्याचार र त्यसको प्रतिरोधमा धारावीका निमुखा जनताको भूमिका र त्यसमा नेतृत्वदायी भूमिका खेलेको काला कारिकालन ( रजनीकान्त) को वरीपरी फिल्म बनेको छ ।
नागपुरका विद्वान क्जथबm जबचमबजब ले काला फिल्मको बारेमा लेखेका छन् ‘भारतीय चलचित्रका जनक भनेर चिनिने दादासाहेब फाल्केले सय वर्षपछि स्थापित गरेको नश्लीय, धार्मिक र जातीय चलचित्रको परम्परालाई प्रत्यक्ष चुनौती दिने यो चलचित्र पक्कै पनि क्रान्तिकारी चलचित्र हो । हरेक फिल्ममा खलनायक सामान्यतयाः कालो हुन्छ, जसलाई गोरा नायकले ‘धर्म’ र ‘सत्य’ को रक्षा गर्न मार्छन् । कालो भनेको राक्षस, अपवित्र, अपराधी, हत्यारा, बलात्कारी आदि हो भन्ने कुरा हाम्रो मनमा रोपिएको छ । समाज र साहित्य पनि जातीय अर्थका साथै रूप र मुहावराहरूले भरिएको छ । कुलट, कलमन्टे, कालो–कलौट, कालो अक्षर भैंसी बराबर आदि सयौं उदाहरणहरू छन् । जसमा कालोलाई मात्र नकारात्मक छ भन्ने भाष्य निर्माण गरिएको छ । फिल्म ‘काला’ ले यो रंगभेदको अर्थलाई उल्टाउने मात्र होइन, हाम्रा पूर्वधारणाका बारेमा सोच्न पनि बाध्य पार्छ ।’
फिल्म ‘काला’ मा माथिल्लो जातको ह्वाइट कलर खलनायक हरि अभ्यंकर (नाना पाटेकर) नायक काला करिकालन (रजनीकान्त) को मजाक उडाउँदै आफ्नो नातेनीले सोध्दै भन्छिन् “यो काला के हो ?” उनको जवाफ हुन्छ “काला भनेको रावण हो” फिल्ममा भु–माफियाहरुले धारावीमा रहेका धोबी, कुल्ली, सुकुम्बासीहरु जस्ले ज्याला मजदुरी गरेर जीविका चलाएका हुन्छन् र झुपडपट्टीमा आएर बस्ने गरेका हुन्छन्, त्यो बस्ती उठाएर उक्त स्थानमा आलिसान बंगला बनाउन चाहन्छन् । यो लडाईमा कालाको स–परिवार र त्यहाँका बासिन्दाहरु साथमा हुन्छन् । कालाको एउटा छोरो लेनिन अत्यन्तै सक्रिय भएर लागेको हुन्छ । पछि यो वस्तीलाई व्यवस्थित बनाउने भनेर कालाको पूर्व प्रेमिका अफ्रिकाबाट एउटा आइएनजिओबाट लगानी गर्ने गरी आउछिन । पछि त्यो आइएनजिओ मार्फत् भूमाफिया र राज्यको समेत मिलीजुलीमा योजनाबद्ध जमिन हडप्न खोजेको कालाले थाहा पाउँछ र त्यो योजनाको विरुद्ध खडा हुन्छ । छोरो लेनिन योजनाको पक्षमा बाबासँग प्रतिवाद गर्छ । उक्त परिस्थितिमा छोरा लेनिनलाई महान क्रान्तिकारी लेनिनको नामबाट त जस्तो व्यक्तिलाई सम्बोधन गर्दा लेनिनको अपमान हुने हुँदा छोरालाई लेनिन नामबाट सम्बोधन न गर्ने कालाको अडान हुन्छ ।
जमिनलाई धारावी बासिन्दाहरुको पक्षमा राख्न उसले घर गुमाउँछ । पत्नी र छोराहरू गुमाउँछ । राज्यले धारावीमा नाकाबन्दी गर्छ । यस्तो अवस्थामा उसका अरु केही छोराहरूले धारावी न बस्ने कुरा गर्छन् । तर उसले न जाने निधो गर्छ र धारावी छोडेर जानेहरु कायर र आन्दोलनका धोखेबाज भन्छ ।
यहाँ एउटा महत्वपूर्ण निष्कर्ष पनि छ कालाको धारावी छोडेर भाग्ने छोराहरू भन्दा यो आन्दोलनमा लेनिन भन्ने छोरा अरु भन्दा केही ठीक भएको निष्कर्ष गर्छ । किनकि उसको धारावी न छोडेर यही बस्ने अडान थियो । यस्ले के प्रष्ट पार्दछ भने गम्भीर मतभेद भएकाहरु भन्दा गौण मतभेद भएकाहरुसँग मतभेद सहित पनि सँगै हिड्न सकिन्छ भन्ने हो । यो कालाको मित्र शक्तिको घेरालाई फराकिलो पार्दै शत्रुको घेरा साघुँरो बनाउने राम्रो रणनीति हो भन्न सकिन्छ । पछि छोरो लेनिन भु–माफियाहरुले षड्यन्त्रपूर्वक जग्गा हडप्न खोजेको हो भन्ने विषयमा प्रष्ट हुन्छ । र काकाको नेतृत्वमा चलेको आन्दोलनमा सरिक हुन्छ ।
धारावीका बासिन्दाहरुमाथि आधारभूत उपभोग्य वस्तुको नाकाबन्दी गरेपछि उसले सामुहिक मेस संचालन गर्छ, सुचना प्रविधिको यथोचित प्रयोग गर्छ र पुँजीपतिहरुको काम नगर्न सम्पूर्ण मजदुरहरुलाई आह्वान गर्छ । उसले भन्छ “यो शरीरनै सबै भन्दा ठूलो हतियार हो । हामी सबैले उनीहरुको सेवामा काम गर्न छोड्नु पर्छ ।” फिल्ममा आन्दोलनलाई कमजोर बनाउन धार्मिक र जातीयताको नाममा फैलाउने अफवाहरुलाई उसले जनताको बीचमा प्रष्ट पार्न सफल भएको छ । र धारावीको जमिनलाई बचाउन सफल भएको छ ।
बलिउडमा विगतमा पनि देश प्रेमी, क्रान्तिकारी र सामाजिक कुरीतिका विरुद्धका फिल्महरु बनेका छन् । यसप्रकारका फिल्महरुले समाज रुपान्तरणमा ठूलो योगदान पु¥याउने गर्दछ । ‘काला’ फिल्मले पुँजीवादीहरु गरी खाने वर्गको पक्षमा कहिल्यै हुँदैनन् । उनीहरुले विभिन्न रुपमा जनतामाथि शोषण गरिरहन चाहन्छन भन्ने सन्देश दिन खोजेको छ । साथै पुँजीवादीहरुको विरुद्ध सम्झौताहीन संघर्ष गर्नुको विकल्प नभएको सन्देश पनि दिएको छ ।
फिल्ममा वैचारिक पक्ष र जनशक्तिलाई भन्दा नायकको जादुगरी शक्तिलाई सवल बनाउन खोजिएको छ । तर पनि फिल्मको विभिन्न पक्षलाई न हेरी गुदी कुरा हेर्दा अन्य फिल्मको दाँजोमा यो फिल्म सामाजिक धारमा बगेको छ । नागपुरका विद्वान Shyam hardaha भन्छन् “फिल्म कालामा देशमा राष्ट्रव्यापी सामाजिक–आर्थिक न्यायको आन्दोलन मात्र चलिरहेको छैन, बढ्दो पुँजीवादका विरुद्ध जल, जंगल र जमिनका समर्थकबीचको वर्तमान सङ्घर्षको कथा पनि छ ।” यसरी फिल्मको सबल पक्षलाई उनले उठाएका छन् ।
२०८१ श्रावण ११ गते

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित