हलीले नदोर्दा हलो भाँचियो

–टङ्कराज ढकाल (तितेपाती)
छन्द– भुजङ्गी
गण य य य ल गु यति ६ मा

यताको उताको गरा रोपियो

छपक्कै छ बाली खुशी देखियो

कता जानु पर्ने कता दौडियो

हलीले नदोर्दा हलो भाँचियो।१

 

छ खोला बगेको कुलो बाँधियो

र पानी कुलामा प्रसस्तै थियो

मिलाएर ल्यायौं बगेको थियो

हलीले नदोर्दा हलो भाँचियो।२

 

धराका गरा यी रमे देखियो

छ खेती र बाली सबैमा थियो

दुलो टाल्न लाग्यौ र यो रोकियो

हलीले नदोर्दा हलो भाँचियो।३

 

कतै हौसलाले बलेको दियो

यता प्रेरणाले मिलेको फियो

भयो अर्चना जो खुलेको थियो

हलीले नदोर्दा हलो भाँचियो।४

 

जता बाउसे छन् उतै फर्कियो

जुठे कालु सेते नियाल्दै थियो

जसै काममा थे फलाक्दै थियो

घमण्डी हुनाले हलो भाँचियो।५

 

उखाने करायो कुलो मासियो

पखेरा सबैमा दया नासियो

यिनै कन्दरामा हिया गाँसियो

हलीले नदोर्दा हलो भाँचियो।६

टङ्कराज ढकाल (तितेपाती)

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित