करण दयाल
प्रवासी पीडित मजदुरहरूको दुखेसो कस्तो छ
प्रवासी मजदुरहरूलाई अतालिनु परिरहेको छ
प्रवासीहरूको हाल समाचार जोखिमपुर्ण छ
प्रवासीहरूको साँस्कृतिक संरचना न्युनभको छ।
प्रवासमा गरिब मजदुरको बाक्लो बथान छ
प्रवासीले देशको सँस्कृति बचाउनु चहान्छ
कुनै देशमा भएपनि देशको मया साँचेको छ
देशको सँस्कृति बचाउनु ज्यानसम्म देको छ।
देशको संस्कृति बचाउनु प्रदेशमै चाडपर्व मनाउँछन
आफ्नो देशको संस्कृतिमा मस्त मगन हुने गर्छन
खानपिनमा कतै कन्जुस्याइँ गर्दैनन भव्य बनाउछन
चाडपर्वको दिनमा प्रवासी नेपाली मस्त रमाउछन।
तिहार , नया वर्ष होस जुनसुकै पर्व पनि मनाउछन
कुनै देशमा भएपनि देशको मया मनमा साँचेकाछन
देशको मया मनमा गाँसेर जीवन स्वतन्त्र बनाउछन
देशको अवस्थालाई हेरीअति चिन्तित रहेका छन।
प्रवासी मजदुरले देशको भविष्यका कुरागर्छन
कुरा गर्दागर्दै कहिलेकाहीँ झगडा हुने गरेका छन
झगडा गर्ने मजदुर भावना नमिलेर झगडा हुन्छन्
भावना मिल्नेबारेमा विचार गर्दा ठुला गुनासा छन।
गुनासाहरू सार रूपमा बुझ्नुहुन्छ भने दर्दनाक छन
देशका युवा शक्ति घर छोड्न मन नहुदा बाध्य छन
घरमा बेसहारा आमाबाबुलाई छोडेर प्रदेशमा छन
लालाबाला बेसहारा छोडेर प्रदेश लाग्नु दुःखित छन।
देशमा रोजिरोटीको समस्याले प्रदेशिन बाध्य छन
प्रदेशमा गका नेपालीहरूमा कलह गराएका छन
नेपाल बाट अलग अलग संग सस्ता बनाका छन
ती सस्ताहरूले एक आर्को लाई जुजाई दिएका छन ।
नेपालबाट अलग राजनीति पक्ष लिएर भड्काउछन
अलगअलग विचारको संगठनले प्रभावित बनेकाछन
एक अर्काको विरुद्धमा लडाइँ दिने काम गरेकाछन
देशमा जनता छैन जनता प्रवासिन बाध्य भएकाछन ।
प्रवासिएका जनताको मर्म के ?तेता ध्यान गको छैन
देशको अवस्था बिगारेर प्रवाशमा रहन खान देको छैन
लाजमर्दो कुरा संस्कृति बचाउनु अरे देश बचाउनु छैन
देश छ भने संस्कृति छ यी कुरामा किन अमल छैन।
देश साम्राज्यवाद समुहको हिस्सा बनाएर शान भन्नु हुन्छ
देशको अस्तित्व बचाउनुस त्यही हाम्रो देशको शान हुन्छ
अमेरिकी एमसिसि खारेजी गर त्यही देशको शान हुन्छ
देशको सीमालाई सुरक्षा गर यहीँ हाम्रो देशको शान हुन्छ ।
देश विकास तिर नलागि नागरिक ओझेलमा पार्नु हुन्छ
प्रवासिन बाध्य नागरिक लाई संस्कृति बचाउनु भन्नुहुन्छ
भ्रष्टाचार ,राजनिती गर्दैछौं जनताले भनेको का मान्नहुन्छ
तपाईहरूको हविगत बुझिन्छ अब जनताले का सुन्छ।
देश रित्तो पारेर अहिले प्रवासमा नया नामले आउदैछौ
रोजिरोटीको पीडाले ग्रसित जनतालाई पुनःभ्रम छर्दैछौ
देशको हालत बिगार्ने पक्षहरूले प्रवासमा मलजल गर्दैछौ
प्रवासमा नेपाली कलाकार बोलाएर राजनिती गर्दैछौ।
विकृतिका कलाकार बोलाएर पक्ष विपक्षी छान्ने गर्छन्
उनको पक्ष अस्विकार गरेकालाई झगडा गराउने गर्छन्
नेपालीले नेपालीलाई कुटपिट गरेर आफु सही हुनेगर्छन
लुटपाट गर्न देशमा जनता छैन काम गर्न प्रवास आउछन।
नेपाली मजदुरहरूले समाज चिन्ने अवस्था आयो
कुन संस्थाले प्रवासीको हितमा छ चिन्न जरूरी भयो
नामधारी संस्थाहरूका हविगत बुझ्नु आवश्यक रह्यो
संगठनको नामबाटव्यापार गर्ने हरूको पैहिचान गर्नुपर्यो।
पुरानो संगठन अखिल भारत नेपाली एकता समाज हो
प्रवासी मजदुरका समस्या समाधानको मार्गदर्शक हो
मजदुरको हितमा बोल्ने मजदुरको धारिलो हतियार हो
एकता समाज नेपाली मजदुरहरूको चाडपर्व पनि हो।
नाममात्रका संगठन व्यक्ति व्यापारमा लागेका छन
काम थोरै फेसबुक, उछालेर फेसबुक भर्ने गरेकाछन
यीसंगसंस्थाहरुले मागिखाने भाँडो मात्र बनाका छन
गरिखाने मजदुरहरू लाई भ्रममा पार्ने काम गरेकाछन।
प्रवासमा मजदुरको दुखेसोमा मल्हम पट्टी गर्ने कोही छैन
देशमा चलिरहेको सरकारबाट प्रवासीहरूको आशा छैन
प्रवासका जनताको वास्ता गर्लान भन्ने आशा भएन
प्रवासी पीडितको साथ एकता समाज भन्दा र्को छैन।
सरकारले देशलाई रित्तो पारेर खरानी पारिसक्यो
देशको अर्थतन्त्र मर्णाशन्न अवस्थामै आइसक्यो
देशको जवाफदेही कोही रहेन देश बेसहारा भइसक्यो
देशका युवाशक्ति पराय देशको गुलाम बनाई सक्यो ।
यही गुनासोका साथ युवा शक्ति देश परिवर्तन चहान्छ
प्रवासबाट युवाशक्ति देश परिवर्तन गर्न फर्कनु चहान्छ
विदेशीको गुलामी होइन देशको रक्षामा लाग्नु पर्नेहुन्छ
क्रान्तिकारीहरूको साथमा देशको युवा शक्ति हुनुहुन्छ।
प्रवासी युवाहरू आफ्नै देशमा रोजिरोटी चहान्छन
प्रवासीको स्वदेशी जीवन कहिले होला चिन्तित छन
आफ्नै देशमा रूखो तिखो खाएर स्वतन्त्रता चहान्छन
गुलामी भन्दा आधा पेट खाएर देशमा बस्न चहान्छन।