जनताको अवस्था

करण दयाल
गरिबलाई गरिबीले सताएको छ
गरिबले आसैआसमा बिताएको छ
गरिबकोआस निराशामा बदलिदै छ
किनभने गरिब नितान्त सर्वहारा छ।

सर्वहारा जनताको आफ्नो केही छैन
निमुखा जनताको सहयोगी साथी छैन
भ्रम जति छरेनी जनताको सुरक्षा छैन
देश खाली नाममात्र छ देश बचाउ छैन।

देशका बस्तीहरू गरिबीले छाएको छ
निमुखा जनताले सधैं दुःख पाएको छ
सहनै नसकिने दुःखले जनता निराश छ
गरिब जनता धनीको ऋणले सताएको छ।

युवा शक्ति बेरोजगारीको शिकार भएकोछ
मर्ता क्या नै कर्ता स्थिति जनतामा आको छ
जतिसुकै दुःख कष्ट जनतालाई भको छ
यो परिस्थितिले अहिले देश कोलाहल छ।

देश समृद्धि बनाउनु छ भने विकास गर्नपर्छ
विकास शहरमात्रै होइन गाउँगाउँमा जानुपर्छ
देशका विकट टाढाका बस्तीहरुमा जानुपर्छ
जहाँ खानेपानी हिड्ने बाटोको आवश्यक पर्छ ।

गरिब सर्वहारा जनता त्यो विकट बस्तीमा छन
जहाँ खानेपानी बाटोघाटो छैन त्यहाँ गरिबछन
दिनभरि काम गरेर खाना पुग्दैन त्याँ गरिब छन
जहाँ भोट माग्नु गयौ काम गरेनौं त्याँ गरिबछन।

जसको भोटबाट काठमाडौ महलमा बसेका छौ
सर्वहारा जनताको भोटबाट मालिक बनेका छौ
झुटा कुराको आश्वासन जनतालाई दिने गरेका छौ
हिजो भोटदिएर जिताउनेलाई नचिन्ने भएका छौ।

जनताले गाउँबाट काठमाडौँ पु¥याएका छन्
विकास काठमाडौ बाट गाउँ पु¥याउनुछ
देश विकाश गर्न सांसद बनाको छ
नेताले जनताको भावना बुझेन गलत बाटोमा छ।

देश जनताको भावना नबुझ्ने जनताको नेता हैन
जनतालाई प्रयोग गर्ने हुन यिनको विश्वास छैन
आफनै पेट भर्ने कुरा मात्रै चिप्ला काम गर्ने हैन
अबको जनताले सहिपार्टी चुन्नुपर्छ नत्र हुदै हुदैन।

अबको क्रान्ति भनेको जनपक्षीय क्रान्ति हुने छ
जनताका अधिकारका आवश्यकता पुर्ति हुने छ
जनताका जल्दाबल्दा समस्या समाधान गरिने छ
क्रान्तिकारी कम्युनिस्ट पार्टीको जिम्मा हुने छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित