करन दयाल
दक्षिण भारतकर्नाट
यो वर्ष दशै तिहारको खुशीयाली छैन
खुशी कुनै कसैलाई होला देशको छैन
देश रक्तरन्जित भएको छ खुशी छँदैछैन
यो वर्ष देश शोकमग्न छ खुशी छँदै छैन।
देश घटना परिघटनाले जुजिरहेका्े छ
नागरिक समाजले बाँच्ने उपाय खोजेको छ
देशमा घटिरहेका घटना क्रमले देश चिन्तित छ
यो वर्षको दशैँ शोकाकुल मै मनाउनु हुने छ।
देशमा अविरल झरीले शहरहरू डुबेका छन
पहाड जस्ता ठाउँहरूमा अैरापैरा गएका छन
ती पैराहरूमा गाउका गाउँ भाँसिएका छन
विकट वस्तीका जनता अकाल मरेका छन।
यो वर्षको दशैँ देशमा शकै शोकमा रहन्छ
कुनै ठाउमा आमाबाबु टुहुरा परेका देखियो
कुनै ठाउँमा लालाबाला खोसिएएको छर्लङ्ग भो
कसै ठाउमा सम्पूर्ण परिवार नरहेको पाइयो ।
निश्चितरूपमा देश कालो परेको छ चमक छैन
देशमा खुशीको माहौल पटक्कै देखिएको छैन
देशको नागरिक समाज अचेतमा छ खुशी छैन
यो वर्षको दशैप्रति जनतामा उत्साह कतै छैन।
यो अवस्थामा सरकार समवेदनशील दिखिएन
सरकारलाई देशको नागरिकको चिन्ता देखिएन
पीडितनिर गएर चिन्तित भको देखिएन
सरकारको कर्तव्य बोध भएको पटक्कै देखिएन।
सरकार देश शोकमा छ जनता बेसहारा छन
देश वेवास्तापन गर जनता पर्खाइमा छन
बेसहारा भएका जनता सहरा मागिरहेका छन
अहिले दुःखसुखको साथी बनिदेउ भन्दैछन।
देश ग्रस्त छ जनता झन अतालिनु भएका छन
कयौं घरबारविहीन भइसकेको अवस्थामा छन
जनताको गुहारलाई सुन्ने गर जनता मारमा छन
जनताका दुःखका साथीबन जनताआसामा छन।
बाढी पहिरोबाट मृत्यु प्रति हार्दिक श्रद्धाञ्जली छ
बस दुर्घटना डुबानमा परेकालाई श्रद्धाञ्जली छ
परिवार गुमाएकाहरूमा सहयोगको जरुरत छ
कयौंले परिवार गुमाएर आफु निकै चिन्तित छ ।
बचेका पीडितहरूका आँखामा आसु मात्रै छन
घरपरिवार बाढीले लग्यो बचेकाले केखाने हुन
घर जग्गा केही रहेन बचेकाहरू कहाँ जाने हुन
उहाँहरूलाई मर्न नपाएर जिउनु भने झैँ भछन।
पीडितको पीडालाई बुझेरव्यवस्थापन सरकार
पीडितका समस्या समाधानतिर लाग सरकार
देशमा अध्यारोले छाई सक्यो तुरुन्तै हेर सरकार
जनता आपत विपदमा छ विपदबाट उम्काउ सरकार ।