अब अबेर भो लौ उठौ युवा

-टङ्कराज ढकाल तितेपाती

छन्द– इन्दिरा
न र र ल गु यति मा
समय जेलमा बन्धकी भयो
प्रहर मारमा पर्छ झैं भयो
सकस जो दियौ आसुरी धुवाँ
अब अबेर भो लौ उठौ युवा।१

कहर वृध्दका बुझ्छ को यहाँ
लहर यामका देख्छ को यहाँ
असुर चाल यो भोगियो जुवा
अब अबेर भो लौ उठौ युवा।२

अवनि बेचियो सुन्दरी धरा
अभर पारियो यी गरागरा
नजर गिध्दको नीरको कुवा
अब अबेर भो लौ उठौ युवा।३

यश छ बागमा फूलका कली
रस छ बोटमा देशका थली
स्वजन भोग्दछन् बाजको रुवा
अब अबेर भो लौ उठौ युवा। ४

किन बजारका ठग्दछन् अरू
किन करोडका चोर आवरू
छ सरकार यो भ्रष्ट टाकुरी
उठन देशका योग्य पाखुरी।५

सडक छाप यी राष्ट्र लुट्नमा
कपट भोगमा रम्न खानमा
कलुष भेषका दुष्ट धुर्तमा
सवल चेतना हुन्न मूर्खमा।६

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित