शिक्षाको खानी प्रकृति

– मानबहादुर भण्डारी

चट्टानको काप चिरेर उम्रन्छ्न पिपल
लिँदैनन आफू कदापी दिन्छन् सितल
प्राण वायु छर्दछन् हरेक प्रहर सदैव
हिंस्रक बाघ सिंहका आहारा चित्तल

कोपिला मै चुडिन्छन ती फुल फक्रिन नपाई
प्रचण्ड तापले पग्लिन्छन हिँउ कक्रिन नपाई
जता हे¥यो त्यतै देखिन्छ्न विनासकारी लिला
रोकिन्छन् ती तीव्र बेगहरु रफ्तार पक्रिन नपाई

तिनै भीर पहराहरुलाई सोध अडिक हुने तरिका
कलकल बग्ने नदीलाई सोध अबिरल बग्ने तरिका
सुनगाभाहरुलाई सोध अनि ती लाली गुराँसहरुलाई
भीर पहरामा लहरियर रक्ताम्य भै फुलिरहने तरिका

आँधी बेहेरी हुरी बतासलाई सोध तीव्रताको कथा
चट्याङ,ज्वालामुखीलाई सोध विस्फोटनको व्यथा
तुफानको वेग मेघको गर्जन अनि भुकम्पीय कम्पन
सोध राप, ताप र सन्तापले पोल्दाको पीडा र अवस्था

यिनै हुन हाम्रा महान् गुरु प्रकृतिले नै बाँच्न सिकाउँछन्
बाँच्नलाई हाँस्न सिकाउँछन् हर्सित भै नाँच्न सिकाउँछन्
नसोध मुर्खलाई आफ्नो स्वार्थ अनुकूल दिन्छन उपदेश
तिनैको भर प¥यो भने केवल हाँसो खुशी भाँच्न सिकाउँछन्

एकताको सन्देश माहुरीहरु अनि कमिलाहरुबाट सिक
प्रेमको सन्देश ती न्याउली अनि जोडी ढुकुरबाट सिक
वर्चस्व के हो हिँस्रक बाघ, भालु, सिंह र हुँडारबाट सिक
जीवन के हो ?भोका नाङ्गा ती श्रमजिवी जनताबाट सिक

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित