-मनु वि.क.
शुभकामना छ हाँक तिमीलाई
बयालिसौं वर्षमा प्रवेशको अवसरमा
हाँक तिमी साँच्चिकै हाँक हौं ।
समाजमा रहेको विकृति विसंगतिलाई तारो बनाउँदै
शोषण र उत्पीडनको विरोध गर्दै
गरिब दुःखीको हित तथा भलाईलाई केन्द्र मान्दै आयौ
वर्षौंदेखि जनताको ढुकढुकी बनिरह्यौं ।
तिमीले एकचालिसौं वसन्त र हिउँदहरु पार गर्दा निकै चोटहरु सहनु प¥यो
यात्रा त कहाँ सजिलो हुन्छर ? उकाली ओराली पार गर्न
सजिलो त कहाँ हुन्छर ?ज्वारभाटाहरुको विरुद्ध संघर्ष गर्न
तर तिमीले समयको कठोर कष्टहरु सहँदै पारग¥यौ यतिका वर्ष ।
तिम्रो यो यात्रामा तिमीलाई साथ दिनेहरु महान छन् ।
तिमीलाई हातमा हात दिनेहरु
तिमीलाई आमाले झैं गरी बोकेर हिँड्नेहरु
तिमीलाई नानीलाई झैं बोकेर डुल्नेहरु
तिमीलाई आँखामै राखी हिँड्नेहरु
तिमीलाई काखी मै च्यापी घुम्नेहरु निकै महान छन् ।
तिमीले आमाको जस्तै माया नपाएमा कहाँ बढ्न सक्थ्यौर ?
तिमीले नानीले झैं माया नपाए कहाँ हिँड्न सक्थ्यौर?
सबैको मायाले नै हिँड्यौ तिमी
सबैको सित्तल छायाले नै बढ्यौ तिमी ।
तिमीलाई नबढोस भन्नेहरु नभएका होइनन्
तिमीलाई बढेको देख्न नचाहनेहरु नभएका होइनन्
तिमीलाई हर तरहले बिगार्न चाहनेहरु
तिमीलाई हर तरहले पछार्न चाहनेहरुलाई
हराउँदै तिमी अगाडि बढिरह्यौ ।
यात्रा हिँड्न जान्नेहरुकोलागि निकै सुन्दर हुन्छ
गन्तव्यमा पुग्न चाहनेहरुकालागि निकै उच्च हुन्छ
जो अविचलित भै यात्रा गर्छ उसले नै सर्वोच्च शिखर चुम्छ
तिमी त्यही यात्रामा शिखर चुम्न बाँकी नै छ ।
तिमीलाई मै हुँ भन्दै मिल्काउन चाहनेहरु
तिमीलाई गाली गर्दै कुल्चन चाहनेहरुले
अझैपनि समय पर्खिरहेका छन् कुल्चन
अझैपनि समय कुरिरहेका छन् मिल्काउन ।
तिमी सजग रहनु शिकारी जस्तै
तिमी सचेत रहनु हरेक परिस्थितिमा
किन कि तिमीले जनताको हितमा
अझै काम गर्न बाँकी नै छ
अँध्यारा वस्तीहरुमा अझै दीप जलाउन बाँकी नै छ
समाजमा फोहोर डङगुरहरुको थुप्रो छ ।
त्यो थुप्रोमा चल्न खोज्दैछ अन्धकारको राज
जहाँ हल्ला छ ,हल्ला हल्लामा भाइरल बन्छन् हरेक गलत सूचनाहरु
तर तिमीले भाइरल हल्लाहरुलाई ध्वस्त पार्नुछ
अनेक मिथ्याहरुलाई उत्तानो लाउनु छ
सारा संसारमा मडारिएको कालो बादल हटाएर
सुन्दर किरण धर्तीमा फिँजाउनु छ ।
सुन्दर किरणको पर्खाइमा वस्ती र पाखाहरुमा पुग्न
अझै यात्रामा पाइलाहरु लम्काउनु छ
अझै मेहनत र पसिना बगाउनु छ
सबैको साथ र सहयोगलाई जुटाउनु छ
र सर्वोच्चमा पाइला टेकाउनु छ ।
लम्क हाँक लम्क
चम्क हाँक चम्क
तिम्रो लम्काई हेर्न
तिम्रो चम्काई हेर्न,आतुर छन् गाउँवस्ती
जाउँ निडरतापूर्वक जाउँ
अगाडि बढ बाधाहरु पन्छाउँदै
यही छ शुभकामना तिमीलाई
नयाँ वर्ष प्रवेशको अवसरमा ।
(मिति ः २०८१ कार्तिक २६ काठमाण्डौ)