-नारायण योगी
आज पनि नदी ठूलो नै थियो । फुलराम बरापुको सट्टामा उनको भाईको माहिलो छोरा बासुदेव चौधरी आएका थिए । बासुदेव उमेरमा म भन्दा कान्छा थिए । भर्खर जुङ्गाको रेखि बस्दै थियो । जिउ भने खाईलाग्दो थियोे । गहुँ गोरो रङ, फराकिलो ललाट, हाँस्दा दाहिने गालामा खोपिल्टा पर्दथे, गोलो अनुहार उचाइ करिब साढे पाँच फिट,गठिलो शरीर । कम बोल्ने लजालु स्वाभावका थिए उनी । उनी बहना लिएर आएर डुङ्गा बाँधिएको ठाउँमा उभिएर अरू पालामा रहेका घाटवालेहरूको प्रतिक्षा गरिरहेका थिए । हाम्रो घर नजिकै रहेकोले म पनि बहना लिएर आईसकेको थिएँ । मैले सोधें– आज बरापु कहाँ गैलां ? आज ठूलो बुवा कहाँ जानु भयो ? ओहंपार अहिरिनके गाउँमे भैसं लेहे जाईटुं कहटेहे । नदी पारी यादवहरूको गाउँमा भैंसीं लिन भनेर जान्छु भन्नु भएको छ । उनले भने, हामीले कुराकुरा गर्दै थियौँ । हाम्रो पालोका घाटवालेहरू लिखराम, रामलखन, जगतराम, बलिराम, चिल्हु, बिचकान बरापु पनि आई पुगे । हामीहरू सबै डुङ्गा बाँधिएको स्थानमा गयौं । डुङ्गा फुकाएर पाँच जनाले ठूलो डुङ्गा र तिनजनाले सानो डुङ्गा तानेर लैजान थाल्यौं । यात्रुहरू आउन थालिसकेका थिए । भदौको महिना थियोे । बिहानै को घाम पनि निकै टाँठो थियोे । चरक्क पोल्ने, पूर्व तिरबाट आएको घामको किरण सोझै आखांँमा पर्दा साह्रै असजिलो हुने गर्दथ्यो । बिहान जस्तै बेलुकीको चर्को सूर्यको प्रकाशले पनि निकै असजिलो बनाउने गर्दथ्यो । हामीहरूले डुङ्गा तान्दै अगाडि गइरहेका थियौं । डुङ्गा चढ्ने मानिसहरू डुङ्गा चढ्ने ठाउँमा उभिएर गल्मल– गल्मल गरिरहेका थिए । सानो डुङामा पानी थुप्रिएको थियोे । बासुदेवलाई फाल्न भनेर लिखरामले अह्राए । उनी डुङ्गा तान्दा तान्दै एउटा फुटेको माटाको करूवाले पानी फाल्ने काममा लागे । आज वारिपारि भीड थियोे । भदौको अन्तिम साता परेकोले कृष्ण जन्मअष्टमीको दोस्रो दिन थारू समुदायका मानिसहरूले आफ्ना चेलिबेटीका घरमा माईतबाट मीठा मीठा परिकारहरू बनाएर दिन जाने पुरानो ऐतिहासिक सांस्कृतिक परम्परा रहेको ले । आजकोमा अरू दिन भन्दा यात्रुहरूको चहलपहल अरू दिन भन्दावेसी भीड छ ।
कृष्ण जन्मअष्टमीका दिनमा प्रायः थारू युवा युवतीहरू दिनभरि निराहार व्रत बस्छन् । त्यो दिनभरि नै गाउँका गन्यमान्य वा अगुवाको घरको बैठक कोठाको–बाहिरिको उत्तरतर्फको भित्तामा लिपेर बनाईएको स्थानमा सबैभन्दा माथि चन्द्र, सूर्यको आकृति र भित्तामा बनाईएको फ्रेम भित्र पहिलो लाईनमा पाँच पाण्डवको तस्वीर त्यस पछि किसानहरूको एक लाईन । त्यसैगरी थारुहरूका वैवाहिक कार्यमा बोकिने चरोला, डोली, माछा, नदी, डुङ्गा, चरा, कुखुरा, हांस, हात्ती, हरिण, मयुर ताल चरा गोही, सर्प र बीचमा कृष्णको पुरानो मानव आकृति तल्लो भागमा नदीमा डुङ्गा चलाईरहेको र नदीमा माछा खेलिरहेको आदि चित्र हरू रहेका हुन्छन् ।
उक्त चित्र बनाउने कलाकार पनि निराहार ब्रत बस्नु पर्दछ । चित्र बनाई सक्काएर बेलुकी पख व्रत बसेका भक्तजनहरू नुहाउने गर्दछन् । र सूर्यास्त पछि सबै जना पुजा गर्न उक्त घरमा जान्छन् । त्यस रात रातभरि नै कृष्णको महिमा गान गरेर भक्तजनहरू रातभरि जागाराम बस्छन् । पुजापाठ सकिए पश्चात दुध, दही र फल आहार गर्दछन् । भोलिपल्ट परम्परागत परिकारहरू ढिक्री, खडिया, बरिया– अनदीको, मेठौरी, पकौडी, रोटी, पुडी आदि र तरकारीहरूमा हरियो तरकारी, माछा मासु, अण्डा बनाएर छोरी चेलिबेटी कहाँ पाहुरको रूपमा दिन जाने चलन छ । त्यो काममा यदि नजिक घर छ भने उसै दिन फर्कने नभए अर्काे दिन फर्केर आउने गर्दछन् । यो पाहुर दिने प्रचलनलाई अगसन दिने भनेर भनिन्छ ।
डुङ्गामा पारी जाने यात्रुहरू लस्करै बसे । अगसन ल्याउनेले डुङ्गाको पिंधमा तिनवटा ढुङ्गा राखेर आफ्नो छिटवाको भारी राखे त्यस पछि डुङ्गा लिखरामले पछिल्लो टुंढबाट जोडले ढकलेर फुर्तिका साथ डुङ्गामा चढेर डुङ्गा चलाउन थाले हामी चार जनाले पनि जोड जोडले डुङ्गा चलाउन थाल्यौं । डुङ्गा तीव्र गतिका साथ पानीको बेगलाई चिर्दै अगाडि बढिरहेको थियोे । बीचमा एउटा छालको सानो भागबाट डुङ्गा छिर्न गयो । त्यसको पानीले अगाडि बसेका यात्रुलाई लछ्प्पै रूझायो । एकजना महिला निकै अत्तालिएर जोडले चिच्याईन ।
भैंसी फर्केर गए पश्चात् हामी घाटवालेहरूलाई प¥यो फसाद । जगतराम दाईले भने । सारन ढङन वङ भैंस नघैहिं ? ढंग न ढाल खानाकाल जस्तै यस्ताले पनि भैंसी तराउन तम्सिने । ? उनको अनुहारमा आक्रोश प्रष्टै देखिन्थ्यो । भैंसी पारी ढिकमा निस्केर वारी आफ्नो बच्चालाई हेर्दै कहिले तल दौडिएको छ । कहिले माथि । यता पाडो पनि जोड जोडले कराईरहेकोछ । कराउँदा कराउँदै घाँटी पनि बसिसकेको छ । यस पटक भैंसी नदीमा पस्यो पौडिएर बीचमा पुगेको के थियोे । ती ठूला ठूला छाल देखेर उ तर्सिएर फेरि उतै फर्केर गयो । भैंसीको मालिक आत्तिएर टाउको समाएर नदी किनारमा थच्चकै बसे । भैंसी थाकेर लखतरान परिसकेको थियोे । यताबाट हामीले ठूलो डुङ्गामा पाडो राखेर हतारमा डुङ्गा लिएर गयौं । साथमा भैंसीको मालिक र भैंसी धपाएर ल्याउने मानिस पनि साथै लग्यौं । यताबाट जाँदा यात्रु चढायौं । डुङ्गा नदी पारी पुगेपछि भैंसी पनि डुङ्गा छेउमा आयो र पाडोलाई चाटन थाल्यो । त्यहीबेला भैंसीलाई दाम्लोले बाँधेर समाएर डो¥याउँदै डुङ्गा खोल्ने स्थानसम्म डुङ्गा सँगसँगै लिएर गए । हामीले यसपाली डुङ्गामा कुनै यात्रु न बसालिकन खाली डुंगा लैजाने निधो गरेका थियौं । भैंसीको डोरी बासुदेवले समाए र पाडोको नजिक भैंसी लिएर आएका मानिस र भैंसी मालिक बसे । यसपटक डुङ्गा अलिक तलसम्म लैजाने भन्ने कुरा जगतराम दाईले भने । किनकि भैंसी नदीमा कहिल्यै न पौडिएको र ठूला ठूला छाल देखेर तर्सिएर बीचमा पुगेर पनि फर्कन सक्छ, भनेर छाललाई छलेर लैजाने भन्ने भएपछि डुङ्गा अलि वरै खोल्ने कुरा भयो र डुङ्गा खोल्यौं । भैंसी डुङ्गाको पश्चिमतर्फ करिब एक मिटर टाढै राखेर लग्यौं । भैंसी पनि थाकेको थियोे । त्यसैले बिस्तारै पौडिँदै पाडोको मायाले घरिघरि डुङ्गाको नजिक आउन बल गर्दथ्यो । बासुदेवले सिप्किनि लगाए पछि उ अलिक टाढा जान्थ्यो । यसरी अलिक किनारमा पुग्न लाग्दा भैंसीलाई जगतराम दाईले भैंसीको दाम्लो छोडन भने । भैंसी कराउँदै डुङ्गा भन्दा अलिक टाढा गयो र केहीबेरमा भैंसीले खुट्टाले जमिनमा टेकेर डुङ्गा भएको किनारमा कराउँदै आयो । हामीले भैंसी सकुशल तारिदिएकोमा भैंसी मालिकले हामीलाई थप १० रूपियाँ दिए । हामीलाई चाभी लगाएको एक जिउको पाँच रूपियाँ पर्दथ्यो । त्यस दिन हामीलाई अरू दिनको तुलनामा बढी पैसा भागमा परेको थियोे ।