बाल साहित्यसम्बन्धी कार्यक्रम

काठमाण्डौ । नेपाल प्रज्ञा प्रतिष्ठानमा बाल पुस्तक प्रर्दशनी तथा उपत्यकाव्यापी स्थलगत कथालेखन प्रतियोगिता र नेवासास विभिन्न पुरस्कारहरुको समर्पण कार्यक्रम २०८१ माघ २०मा शुरु भएको छ । प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्रीमाननीय भूपालमान राई , सभापति नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधान ,विशेष अतिथि प्रज्ञा प्रतिष्ठानका सदस्य धनप्रसाद सुवेदी रहेका थिए भने प्रतिष्ठानका सदस्यहरु र जुगल स्कूलका विद्यार्थीहरुको उपस्थिति रहेको थियो र कार्यक्रमको सञ्चालन बाल साहित्यकार विजयराज आचार्यको रहेको थियो। कार्यक्रमको उदघाटन प्रमख अतिथिले रिबन काटेर गरेका थिए । कार्यक्रममा नेपाल बाल साहित्य समाजद्वारा स्थापित विभिन्न पुरस्कारहरु लेखक तथा प्रकाशकहरुलाई प्रदान गरिएको थियो। पुरस्कार पाउने बाल साहित्य लेखकहरु मित्रलाल पंज्ञानी , हरी खनाल , इन्द्र चौधरी ,सिर्जना राई ,कलाग्रज कृणा ताम्रकार रहेका थिए र प्रकाशक तर्फका रत्न पुस्तक भण्डार ,एकता प्रकाशन रहेका थिए ।
प्रमुख अतिथि माननीय कुलपति भूपालमान राईले मन्तव्य राख्दै विद्यार्थीले ज्ञानको क्षेत्रमा जोडिएका लेखक ,साहित्यकार चिन्न आवश्यक रहेको कुरा बताए । साथै पढ्न,ु लेख्नु , असल संस्कृति सिकाउने विधि भएको भन्ने भनाई राखे र उनले यसरी देश विकास हुन्छ गलत आचरण तर्फ अग्रसर हुँन दिँदैन भने । मन्तव्यको क्रममा विद्यार्थीलाई साहित्य लेख्ने कोशिस गर्न प्रेरणा समेत प्रदान गरे। पुरस्कृत व्यक्तिहरुले आफ्नो अनुभव र बाल साहित्यको आवश्यकताबारेमा मन्तव्य राखेका थिए । बाल पुस्तक प्रदर्शनी माघ २४ गतेसम्म हुने आयोजकले बताएका छन् । – गिनिज बुढा

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित