गजल

केश– केशव गाहा “पाल्पाली”
चर्तिकला देखेर यिनका ब्यबहार देखेर
चिडिया घर जस्तो लाग्छ सरकार देखेर

 

न त कलकारखाना छन् न त रोजगार छ
दुख लाग्छ देशका युवा बेरोजगार देखेर

 

कुर्चीको लागि मरिहत्य गरिरहेकाछन्
नेपाली राजनीतिमा राम्रो ब्यापार देखेर

 

उम्लिन्छ रगत आक्रोशित हुन्छ यो मन
देशको हरेक कुनामा  भ्रष्टाचार देखेर

 

दाई संगै भाउजू पनि मन्त्रि हुनुभए छ
सजिलै बुझियो उहाँको श्रीङ्गार देखेर
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित