चैत्र ७, काठमाडौं । विश्व कविता दिवश संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा साँस्कृतिक संगठनले मनाउन शुरु गरेको हो । कविता दिवश २१ मार्चका दिन मनाईन्छ । यो दिवश मनाउन १९९९मा पेरिसमा भएको ३०औं साधारण सभाबाट निर्णय गरिएको हो । कविता दिवश मनाउनुको अर्थ कविताको माध्यमबाट भाषिक विविधतालाई सहयोग गर्ने र लोपोउन्मुख भाषलाई जोगाउनु भन्ने रहेको छ ।
कविता संसारभरि पुरानो साहित्यिक विधामा गनिन्छ । कविताहरु छोटा छोटादेखि लिएर निकै लामा पनि हुन्छन् । कविताको लय, शुर अनुप्रास मिल्ने भएकाले सुन्दा मीठो सुनिँरहुँ लाग्ने हुन्छ । भाषाको शिकारुदेखि लिएर सबैलाई कविताकै माध्यमबाट सिकाउँदा प्रभावकारी हुने शिक्षाविद्हरु बताउँछन् ।नेपालमा यसको खासै चर्चा भएको पाइँदैन ।
Comments