फटाहा नेताहरू देशभक्तिको भ्रम छर्छन्
जनता र कार्यकर्ता सजिलै भ्रममा पर्छन्
राष्ट्रघाती सम्झौतामा हस्ताक्षर गरेर
राष्ट्रघात बिरुध्द संघर्षको नाटक गर्छन्
जाग युवा हो अन्धभक्तिको जाल तोडी आउ
यी नेताहरूले केवल आफ्नै भकारी भर्छन्
हेर्दै जानुहोस् अझै बुझ्ने कोसिस गर्नुहोस्
सिद्धान्त छोडेर यी नेता कति तल झर्छन्
अन्धभक्त झोले कार्यकर्ता कति इमानदार !
गलत नेताको बिरोध गर्न थर्थर डर्छन्।
Comments