मनु विक
आफ्नो काम आफै गर्ने हो कम्युनिष्ट
आफ्नै पसिनामा रम्ने हो कम्युनिष्ट
आफ्नै पसिनामा बाँच्ने हो कम्युनिष्ट
आपसमा दुःख बाँडी बाँच्ने हो कम्युनिष्ट ।
जनताका दुःख आफनै सरी ठान्छन् कम्युनिष्ट
दुःख हर्न जनता कहाँ जान्छन् कम्युनिष्ट
कम्युनिष्ट सदस्यले मागी खान हुन्न
जनताको श्रमलाई लुटि खान हुन्न ।
जनतालाई सँधै शिरमा राखी हिड्नु पर्छ
आफ्नो स्वार्थ सँधैभरी फाली हिड्नु पर्छ
आफै खाउँ, आफै लाउँ भन्न पाइँदैन
आफ्नै भलो ठूलो पनि ठान्न पाइँदैन ।
कम्युनिष्टको मन ठूलो मुटु चौडा हुन्छ
लुटि खाने शोषकलाई सँधै चोट दिन्छन्
लुट्ने धन्दा बन्द गर्न जान्छन् कम्युनिष्ट
लुटेरालाई कसी मुक्का हान्छन् कम्युनिष्ट ।
जनताकै घरमा बाँच्छन् जनता संगै हाँस्छन्
जनता संगै दुःख सुख बाँडेर बस्छन्
जति दुःख आओस् तर जनता संगै हुन्छन्
जनताको साथ छोड्दा वुर्जुवा बन्छन् ।
वुर्जुवा विचारले लुटि खाने भन्छ
सकेसम्म सुविधा नि आफनै भागमा पार्छ
सुविधा नि आफ्नै र आफन्ती कै भागमा
साँचो कम्युनिष्टको खाँचो आज सबै ठाउँमा ।
कम्युनिष्टको मन मुटुु वुर्जवाले खायो
वुर्जुवासरी चलन कम्युनिष्टको भयो
निकै गाह्रो छ यहाँ कम्युनिष्ट बन्नलाई
गाह्रो मान्न हुन्न हेर मेहनत गर्नलाई ।