नारायण योगी ••
अक्टोबर क्रान्तिको गीत गाउँ है
वर्गीय मायाको प्रित लाउँ है
इन्कलाव जिन्दाबाद !
संसारका मजदुर एक हौँ !!
अक्टोबर क्रान्ति जिन्दाबाद !!!
आफ्नो हकहितलाई चुप्प बसी हुन्न
कमर कसि उठौँ अब ढिला गर्न हुन्न
संसारका वैरीलाई हराउनु छ अब
रक्तरंजित झण्डा उठाउनु छ अब
नयाँ फुल अब हामी संसार भरि फुलाउँ
हामीलाई दु:ख दिने काला कानुन हटाअौँ ।
अक्टोबर क्रान्तिको गीत गाउँ है
वर्गीय मायाको प्रित लाउँ है
इन्कलाव जिन्दाबाद
संसारका मजदुर एक हौँ !!
अक्टोबर क्रान्ति जिन्दाबाद !!
संसारका किसान मजदुर एक हुनुपर्छ
संसारभर विद्रोहको राँको बाल्नुपर्छ
सगरमाथाले भनिरहेछ शोषित पीडित जन हो उठौँ लौ अब ।
Comments