रनिल विक्रमसिंघे श्रीलंकाको नयाँ  प्रधानमन्त्री

काठमाडौं । श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् ।

राष्ट्रपति गोटबाया राजापाक्षेले १२ मई २०२२ अर्थात् २९ वैशाख २०७९ का दिन रनिल विक्रमासिंघेलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

विक्रमसिंघे श्रीलंकाको पूर्व प्रधानमन्त्री भइसकेका नेता हुन् । श्रीलंकामा पटक पटक प्रधानमन्त्री भैसकेका विक्रमसिंघेलाई । नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपतिले २९ वैशाखका दिन नै सपथ गराएको बताइएको छ ।

हाल श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकामा महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट केही दिनमात्र अघि दिएका थिए । राजापाक्छेको राजीनामा मागेर देशमा आन्दोलन पनि भएको थियो ।

त्यसपछि राजापाक्षेले वैशाख २६ गते आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षे समक्ष राजीनामा बुझाएका थिए ।

आर्थिक संकटका कारण हाल श्रीलंका खाद्यान्न, इन्धन र औषधिको समेत चर्को अभाव भएको छ। विविध कारणहरुले देश आर्थिक संकटमा फसेको छ ।महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पनि यसलगत्तै राजधानी कोलम्बोमा दंगा फैलिएको थियो ।

आन्दालेनका कारण हिंसामा परेर कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै दुई सय भन्दा बढी घाइते भएका छन्। नयाँ प्रधानमन्त्री विक्रमासिंघे श्रीलंकाको युनाइटेड नेशनल पार्टीका नेता हुन् ।

विक्रमासिंघेलाई श्रीलंकाको अर्को राजनीतिक परिवार राजापाक्षेहरूको निकट पनि मानिन्छ । त्यसैले पनि उनलाई प्रधानमन्त्रीका रूपमा चुनिएको विज्ञहरूको भनाइ छ रहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित