पोखरा । प्रगतिशील सांस्कृतिक आन्दोलनको अगुवा सङ्गठनको रुपमा परिचित रक्तिम सांस्कृतिक अभियानले देशको सुन्दर नगरी पोखरामा “बिबिध जनसास्कृतीक कार्यक्रम” गर्ने भएको छ । १४ औ गणतान्त्रिक दिवसका अवसरमा २०७९ जेठ १५ गतेका दिन रक्तिमले पोखरामा कार्यक्रम गर्ने भएको हो ।
रक्तिम सास्कृतिक अभियानका अध्यक्ष नारायण शर्माले २०७९ जेठ ६ गते नै एक अनुरोध पत्र जारी गर्दै कार्यक्रम सफल पार्न सहयोग गरिदिन जनसास्कृतिकप्रेमी महानुभावहरु सङ्ग हार्दिक अनुरोध गरेका छन । अध्यक्ष शर्माद्वारा जारी उक्त पत्रमा अगाडि भनिएको छ – “देशमा शासन गर्ने मानिसहरु फेरिए । देशको शासन ब्यवस्था फेरियो । नियम कानुनहरु बदलिए भनियो । तर पनि गरिब दुखी जनताको अवस्थामा खासै परिवर्तन आउन सकेको छैन । गरिब दुखिका झुपडीहरुमा अझै पनि खुशीका दिपहरु बल्न सकेको देखिदैन । जनतामा निराशाको कालो बादल छाइरहेको छ । जनताको त्यो निरासालाई उपयोग गरेर जनबैरीहरुले आफ्नो वर्गस्वार्थ पूरा गर्ने सपना देखिरहेका छन । आखिर देशमा यस्तो अवस्था किन सृजना भयो त ? यो बेलामा परिवर्तनका पक्षधर राजनैतिक शक्तिहरुको भुमिका कस्तो हुनु पर्छ ? जनसास्कृतिककर्मिहरुको कर्तब्य र दायित्व कस्तो हुनु पर्दछ ? देश गणतन्त्र दिवशको सङ्घारमा रहेका बेला यी प्रश्नहरु निकै पेचिलो बनेर आएका छन ।
देशमा २०७९ जेठ १५ गते १४ औ गणतन्त्र दिवस मनाइदै छ । गणतन्त्र ल्याउनका निम्ति प्रगतिशील साहित्य एवं सास्कृतिककर्मीहरुको अमुल्य योगदान रहेको तथ्य त यहाहरु सबैलाइ बिदितनै छ । प्रगतिशील सास्कृतिक आन्दोलनमा रहेर आफ्ना गित, सङ्गीत, साहित्य र कलाका माध्यम बाट रक्तिम सास्कृतिक अभियानले बिगत लामो समयदेखि उच्च योगदान पुर्याउदै आएको तथ्य सङ्ग पनि तपाइहरु सबै जानकारनै हुनुहुन्छ । गित सङ्गीत र साहित्यको माध्यमबाट जनमुक्तिको आवाज घन्काउँदै हिड्ने त्यही रक्तिम सास्कृतिक अभियानले १४ औ गणतन्त्र दिवसको अवसरमा देशको सुन्दर नगरी पोखरामा “विविध जनसास्कृतिक कार्यक्रम “गर्न गैरहेको छ । कार्यक्रम २०७९ जेठ १५ गतेका दिन पोखरा–१० बुद्धचोक स्थित “यु एण्ड मि रेष्टुरेन्ट” को सभाहलमा दिनको १ बजे देखि सुरु हुने छ ।
उक्त “बिबिध जनसांस्कृतिक कार्यक्रम” देश र जनता प्रतिको आफ्नो दायित्व र कर्तब्य भुल्दै जान थालेका राजनैतिक नेतृत्वलाई खबरदारी गर्नका निम्ति आयोजना गरिएको हो । श्रमजीवी वर्गको मुक्ति आन्दोलनका सच्चा योद्धाहरुमा उर्जा र साहस भर्नका लागि हो । वर्गीय पक्षधरताको कडिलाई प्रगतिशील सांस्कृतिककर्मीहरुले झनै दरिलो गरि पक्रिएर अगाडि बढ्नु पर्ने आवश्यकताको बोध गराउनका लागि हो । जनमस्तिस्कमा छाइरहेको निराशाको बादल हटाउनका लागि हो । उक्त कार्यक्रम मुलतः अन्तरक्रियात्मक प्रकृतिको रहने छ । कार्यक्रममा रक्तिमको केन्द्रिय टोलिको बिबिध सांस्कृतिक प्रस्तुति रहने छ । त्यसका लागि देशका विभिन्न भागहरुबाट रक्तिममा कलाकारहरु पोखरामा जम्मा भएर तयारीमा जुटिरहेका छन ।
कार्यक्रममा देशको प्रगतिशील सांस्कृतिक साहित्यिक आन्दोलनमा क्रियासिल विभिन्न प्रगतिशील सांस्कृतिककर्मी एव सङ्गठनहरुलाई पनि आमन्त्रण गरिएको छ । पोखरा प्राकृतिक रुपमा मात्र होइन कला साहित्यका दृष्टिले पनि सुन्दर नगरी हो । यो क्षेत्रमा क्रियाशिल प्रगतिशील साहित्यिक सङ्गठनहरु एवं वरिष्ठ साहित्यकर्मीहरुलाई समेत उक्त कार्यक्रममा निमन्त्रणा गरिएको छ । उहाँहरुका सारगर्भित मन्तब्य समेत कार्यक्रममा सुन्न सकिने छ ।
रक्तिमका हरेक अभियानहरु, जनताको न्यानो साथ र समर्थनबाट आजसम्म सफल हुँदै आइरहेका छन् । जनगायक जीवन शर्माको नेतृत्वमा २०४३ सालमा स्थापना गरिएको रक्तिम सांस्कृतिक अभियानले कठिन भन्दा कठिन परिस्थितिमा पनि देश र जनताप्रतिको आफ्नो दायित्व पूरा गर्दै आइरहेको छ । आफ्नो वर्गीय पक्षधरतामा सतिसाल झै अडिग रहँदै रक्तिम निरन्तर अगाडि बढिरहेको छ र जनताको न्यानो मायाका साथ यसरी नै अगाडि बढिरहने छ । हामीलाई विश्वास छ यस पटकको हाम्रो पोखराको कार्यक्रम पनि तपाइहरुको न्यानो माया र साथ समर्थनबाट सफल रहनेछ ।
अतः १४ औ गणतन्त्र दिवसका अवसरमा रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिद्वारा आयोजित उक्त “विविध जनसांस्कृतिक कार्यक्रम” लाई नैतिक, भौतिक र विशेष रुपमा आर्थिक सहयोग गरी सफल पारिदिनु हुन हामी सम्पूर्ण जनसङ्गितप्रेमी महानुभावहरुलाई विनम्रतापूर्वक हार्दिक अनुरोध गर्दछौ ।”
