चर्किंदै बलात्कार  बिरुद्धको आन्दोलन

काठमाडौं  ।  महिला हिंसा  एवं  बलात्कार बिरुद्धको आन्दोलनले पछिल्लो समयमा देशब्यापी रुप लिदै जान थालेको छ । केही दिन अघि आठ वर्ष पहिले आफूमाथि बलात्कार गरिएको  भन्दै मिस ग्लोबल इन्टरनेसनलकी एक प्रतिस्पर्धीले सामाजिक सञ्जालमार्फत् घटनाको खुलासा गरेकी थिइन् ।

मिस ग्लोबल इन्टरनेसनल– २०१४ मा सहभागी ती प्रतियोगीले मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले आफूलाई आठ वर्षअघि बेहोस हुने औषधी मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी हुन् ।

घटना त्यसरी सार्वजनिक भएपछि उनको न्यायका लागि चौतर्फी रुपमा आवाज उठ्दै आइरहेको छ । 

काठमाडौंमा दिनहँु जसो प्रदर्शन हुँदै आएका छन् । प्रदर्शनकारीहरूले महिला शरीरको वस्तुकरण बन्द गर, इनअफ इज इनअफ वि विल नट टोलोरेट एनिमोर, पुँजीवादी पृत्तिसत्ता मुर्दावादलगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । यसअघि  जेठ ६ गते  युवाहरूले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेका थिए ।

मनोज पाण्डे विरूद्ध दुई वटा जाहेरी दर्ता भएको छ । एक अर्की  पीडित युवतीले समेत पाण्डे बिरुद्ध उजुरी दिएकी छिन । मनोज पाण्डेबाट आफूमाथि पनि बाल यौन दुरूपयोग भएको भन्दै अर्की पीडित प्रहरीको सम्पर्कमा आएको प्रहरीले बताएको छ ।  यसअघि नै पाण्डेविरूद्ध दुई जनाले जाहेरी दिइसकेका छन् । उनीविरूद्ध मानव बेचबिखन तथा ओसारपसार र अर्को बाल यौन दुरूपयोगमा जाहेरी परेको छ ।

गृह मन्त्रालयको निर्देशनपछि ६ जेठमा  प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको हो । जेठ ६ गते नै  यो बिषय संसदमा पनि उठेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै यसमा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए । सभामुख सापकोटाले रूलिङ गर्दै छानबिन गरी दोषीलाई कारबाही गर्न भनेपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको थियो ।

त्यसपछि प्रहरीले कानुनविज्ञहरूसँग सल्लाह गरी पाण्डेविरूद्ध कुन मुद्दा आकर्षित गरी कारबाहीको प्रक्रिया अगाडि बढाउने भन्दै छलफल गरेको थियो ।

प्रहरीले पाण्डेलाई शनिबार स्वयम्भूस्थित आफन्तको घरबाट पक्राउ गरेको थियो । अहिले यस घटनाको अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले गरिरहेको छ ।  आरोपी पाण्डेलाई जेठ ९ गते नै काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो । अदालतले उनीमाथि थप अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

उक्त  घटनाको  छानबिन गर्न प्रहरी प्रधान कार्यालयका तर्फबाट समिति गठन गरिएको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरको नेतृत्वमा छानबिन समिति गठन भएको हो । समितिमा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक (डिएसपी) कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का सदस्य छन् ।

त्यस्तै सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा प्रदर्शन गरिएको थियो ।

८ वर्षअघि आयोजित ‘मिस ग्लोबल इन्टरनेसनल २०१४’ का प्रतिस्पर्धी युवतीलाई नशा खुवाएर बलात्कार गर्ने आयोजक मनोज पाण्डेलाई कारबाहीको माग गर्दै किशोरीको समूहले आइतबार दिक्तेको त्रिबेणीचोकमा प्रदर्शन गरेका हुन् ।

स्वःतस्फुर्त भेला भएका किशोरीको समूहले ‘बलात्कारीलाई सजाय दे, हद म्याद खारेज गर, सुन्दरी प्रतियोगिता खारेज गर, महिला शरीरको वस्तुकरण बन्द गर, सर्भाइभरलाई विश्वास गर, बलात्कारले पोलेको, खै त राज्य बोलेको’लगायतका नारा चर्काएका थिए । पिडकलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै किशोरीले यौनजन्य हिंसासम्बन्धी उजुरी गर्ने एक वर्षे हद म्याद संशोधन गर्न माग गरेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित