नेता राईको निधन

काठमाडौं । नेता घनश्याम राईको निधन भएको छ । नेता घनश्याम राई धनकुटामा जन्मिइ लामो समयसम्म कम्युनिस्ट आन्दोलनमा योगदान पु¥याएका व्यक्ति हुनुहुन्थ्यो ।

भारतस्थित एकता समाजमा काम गरेका घनश्याम राई नेपाल फर्किए पछि नेकपा (मसाल) का विभिन्न जनवर्गीय संगठनहरु अखिल नेपाल युवक संघ, अखिल नेपाल जनजाति सम्मेलन लगायतमा लामो समय काम  गर्नु भएका थियो । असल, सरल र निष्ठावान व्यक्तिको रुपमा उहाँ साथीहरुको बीचमा परिचित हुनुहुन्थ्यो ।

उहाँ कतिसम्म त्याग र समर्पणका उदाहरण हुनुहुन्थ्यो भने आफ्नो शरीरको रगत बेचेर भए पनि पार्टीको काममा खट्नु हुन्थ्यो । आन्दोलनको नाममा व्यक्तिगत स्वार्थ र लाभका लागि दौड्ने जमात बढिरहेको बेलामा उहाँ जस्ता व्यक्तिहरुको आन्दोलनमा आज खाँचो छ ।

२०६३ मा मसाल विभाजन पछि उहाँ यस धारमा रहन नसके पनि मसाल र त्यसका जनवर्गीय संगठनमा उहाँले पु¥याउनु भएको योगदान सदा स्मरणीय छ ।

उहाँले भारतको गोरखपुरमा होटेल मजदुरको रुपमा कार्यरत रहेको बेला नेकपा (मसाल) को सम्पर्कमा आई नेकपा (मसाल) को पार्टी सदस्य लिनु भएको थियो । 

हाँक साप्ताहिकको तर्फबाट पनि नेता घनश्याम राईप्रति हार्दिक श्रद्धाञ्जली !

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित