नेपालमा इन्धन उत्पादन ⁄

काठमाडौं । दक्षिण कोरियाको ग्लोवल ग्रिन ग्रोथ इन्सीच्यूट (जि.जि.जि.आई) र नेपाल विद्युत प्राधिकरणका बीचमा इन्धन उत्पादनसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा हाइड्रोजन, एमेनिया र युरियाबाट इन्धन उत्पादन गर्ने भनिएको छ ।

जेष्ठ १० गते काठमाडौंमा जि.जि.जि.आई.का महानिर्देशक फ्रेड रिजस्वेर्मन र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सम्झौतामा हस्ताक्षर गरेका छन् । सो अवसरमा उर्जामन्त्री पम्फा भूसालको पनि उपस्थिति थियो ।

सरकारको ढिलासुस्ती, कार्यशैलीगत त्रुटी, राजनीतिक स्थायित्वको अभावमा यस्ता सम्झौताहरु कार्यान्वयन नभएका तमाम उदाहरण छन् । सम्झौता प्रति विश्वास गर्न व्यवहार नै हेर्नु पर्ने सम्बन्धित सरोकारवालाहरुको भनाई छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित