मन्त्री फेरबदल तत्काल नगरिने 

काठमाडौं । पाच दलिय गठबन्धनको देउवा सरकारका मन्त्रीहरु अब  तत्काल  फेरबदल नहुने भएका छन । सत्ता गठबन्धनको एक घटक नेकपा (एकीकृत समाजबादी)ले सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाइ फिर्ता बोलाइ नया नाम सिफारिस गरेको थियो । तरअब उस्को यो  सिफारिस  तत्काल लागू नहुने भएको छ ।  सत्ता गठबन्धनका शिर्ष नेताहरूको बैठकले देउवा मन्त्रीमण्डलमा तत्काल फेरबदल  नगर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा २०७९ जेठ २३ गते बिहान बसेको गठबन्धनका शीर्ष नेताहरूको  बैठकमा  तत्काल मन्त्री नफेर्ने सहमति जुटेको  हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए। बैठकमा अहिले संसदमा बजेटबारे मन्त्रालयत छलफल हुने र त्यहाँ मन्त्रीहरूले जवाफ दिनुपर्ने भएकाले तत्काल मन्त्री नपर्ने सहमति भएको बताइएको  छ ।

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो । सोही आधारमा २२ जेठमा  नेकपा (एकीकृत समाजबादी) ले आफ्नो पार्टिका तर्फबाट पहिले   मन्त्री रहेकाहरूलाई फिर्ता बोलाउँदै नयाँ नाम सिफारिस गरेको थियो। एकीकृत समाजवादीको उक्त निर्णय  सार्वजनिक भए सङ्गै प्रधानमन्त्रीले बजेटमाथि मन्त्रालयगत छलफल हुने बेला मन्त्री फेरबदल गर्न नसकिने अभिव्यक्ति दिएका  थिए । आफ्ना मन्त्री  बदल्ने एकीकृत समाजवादीको निर्णयले पार्टी भित्रै समेत व्यापक असन्तुष्टि सृजना गरेको थियो । पहिले मन्त्री रहेकाहरु मध्य कतिपयले त आफुहरु हट्न नचाहेको सार्वजनिक  अभिव्यक्तिनै दिएका थिए । यही बिषयलाई लिएर उनीहरुले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाइ समेत भेटेका थिए । आफ्ना मन्त्रीहरु फेरबदल गर्ने एकीकृत समाजबादीको निर्णयको बाहिरी राजनैतिक बृतमा समेत व्यापक आलोचना भएको थियो । यहि परिबेसमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा तत्काल मन्त्री नफेर्ने सहमति जुटेको हो । एकीकृत समाजवादीले नयाँ मन्त्रीको रुपमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्रालयमा  पठाउने निर्णय गरेको थियो। यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्रीमा बढुवा गरेर एकीकृत समाजबादीले प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको थियो । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय गरेको थियो। बैठकले पर्यटनमन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य मन्त्री बाट विरोध खतिवडा, सहरी विकास मन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तर पाँच दलिय गठबन्धनका शीर्ष नेताहरु बीच तत्काल मन्त्रीमण्डलमा फेरबदल नगर्ने सहमती जुटे सङ्गै अब उनीहरुको पद केही समयको लागि भए पनि जोगिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित