मजदुरहरुले गरे एमसिसी कार्यालय घेराउ र विरोध प्रदर्शन

काठमाडौं । नेपाली मजदुरहरुले दरबार मार्ग काठमाडौंस्थित राष्ट्रघाती एमसिसीको कार्यालय घेराउ गर्नुका साथै विरोध प्रदर्शन र विरोध सभा सम्पन्न गरेका छन् । संयुक्त ट्रेड युनियन संघर्ष समितिको आयोजनामा २०८० भदौ १२ गते सो घेराउ, बिरोध प्रदर्शन र विरोध सभा सम्पन्न गरिएको हो ।

नेकपा (मशाल) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) र क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट लगायतका ९ मजदुर सङ्गठनहरु मिलेर बनाइएको संयुक्त ट्रेड युनियन संघर्ष समितिको आयोजनामा उक्त घेराउ र विरोध प्रदर्शन गरिएको थियो । शान्तिबाटिका रत्नपार्कमा जम्मा भएर मजदुरहरु राष्ट्रघाती एमसिसीका विरुद्धमा गगनभेदी नारा लगाउँदै अघि बढेका थिए । जुलुशमा सहभागी मजदुरहरुले गगनभेदी स्वरमा “जनतालाई स्वाधिनता– राष्ट्रघातीलाइ फाँसी दे !”, “साम्राज्यवाद युद्ध हो – सिनोखाने गिद्द हो”, “युद्द रक्तपात बन्द गर – एमसिसी परियोजना फिर्ता गर !”, “नेपाली जनताको खबरदार–एमसिसी बहिस्कार !”, “एमसिसी कार्यालय– खाली गर !”, अमेरिकी सम्राज्यबाद–मुर्दाबाद!” “गो ब्याक एमसिसी !” र “अमेरिकी दलालहरु होशियार !” लगायतका नाराहरु लगाउँदै काठमाडौं महानगरका विभिन्न भाग परिक्रमा गरेका थिए । शान्तिबाटिका रत्नपार्कबाट सुरु भएको बिरोध जुलुश भोटाहिटी, जमल, दरबारमार्ग हुँदै एमसिसीको कार्यालय रहेको होटल याक एण्ड यति अगाडि पुगेको थियो । एमसिसी कार्यालय अगाडि केहिबेर नाराबाजी गरे पछि मजदुर सङ्गठनहरुले त्यही विरोध सभा सम्पन्न गरेका थिए ।

एमसिसी कार्यालय घेराउ पश्चातको सो विरोध सभालाई संयुक्त ट्रेड युनियन संघर्ष समितिका नेताहरुले सम्बोधन गरेका थिए । नेकपा (मशाल ) निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रीय सदस्य टेकहरी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट ट्रेड युनियन अखिल नेपाल क्रान्तिकारी ट्रेड युृनियन महासंघका अध्यक्ष दिनेश शर्मा, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष विनोद थापा, अखिल नेपाल प्रगतिशील महासंघ (पिकोन्ट)का अध्यक्ष केदार गिरी, राष्ट्रवादी श्रमिक संगठनका अध्यक्ष किरण देउवा, युनियन महासंघ (अन्टुक)का केन्द्रीय सदस्य टेकहरी न्यौपाने र अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव राजकुमार थापाले सम्बोधन गरेका थिए ।

सो बिरोध सभाको सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकटको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव बसन्त बोगटीले गरेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित