काठमाडौं / जनगायक जीवन शर्मा आफ्नै जिल्लामा सम्मानित र पुरस्कृत भएका छन । कुनै बेला त्यही ठाउमा जनमुक्तिका गितहरु गाएर जनतालाइ जागृत गराउदा उनको हातमा हत्कडी लगाइन्थ्यो तर एक भब्य समारोहका बिच अहिले त्यही ठाउँमा उनको गलामा फुलमाला पहिराइएको छ ।
“कुनै बेला हामीले जनताका गीत गाउँदा हत्कडी लगाइन्थ्यो, अहिले गलामा फूलको माला छ ।” पुरस्कार ग्रहण गर्दै समारोहमा भावुक मुद्रामा जनगायक जीवन शर्माले भने – “पुरस्कारले प्रेरणा र उर्जा थपेको छ । ” शर्माले सम्बोधनका क्रममा जनसङ्गितको यात्रालाइ निरन्तर अघि बढाउन आफू लागि परिरहने प्रतिबद्धता ब्यक्त गरे । पुरस्कार ग्रहणपछि बोल्दै शर्माले आफ्नै जिल्लामा सम्मानित हुन पाउँदा गौरवको अनुभूति भएको बताए ।
” कलाकार बाबुराम–सरस्वती बज्राचार्य स्मृति पुरस्कार ” ग्रहण पश्चात् २०७९ जेठ २७ गते बागलुङमा आयोजित पुरस्कार बितवरण तथा सम्मान समारोहलाइ सम्बोधन गर्दै जनगायक जीवन शर्माले उक्त कुरा बताएका हुन । शर्माले समारोहमा आफ्नो कालजयी सदाबहार गित ” सिमली छायामा बसि ” प्रत्यक्ष गाएर समेत सुनाएका थिए ।
पुरस्कार कोषद्वारा आयोजित उक्त समारोहमा बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले जनगायक शर्मालाइ दोसल्ला र प्रमाणपत्र प्रदान गरेका थिए । सङ्गीत साधनाका माध्यमबाट श्रमजीवी जनता तथा न्याय र समानताका पक्षमा आवाज उठाएबापत शर्मालाई पुरस्कृत गरिएको कोषका अध्यक्ष काजी रोशनले बताए ।
बागलुङको जैमिनी नगरपालिका–१० राङखानीमा जन्मिएका ६२ वर्षीय जनगायक शर्माले जनसङ्गित यात्राको सुरुवात बागलुङ बाटनै गरेका थिए । लामो समयदेखि जनपक्षीय सङ्गीत सिर्जना र गायनमा सक्रिय रहेवापत शर्मालाइ सो पुरस्कारका साथ सम्मान गरिएको हो । जनगायक शर्मा महान सर्वहारा सास्कृतिक क्रान्तिको आलोकमा २०४३ साल चैत्र २६ गते स्थापना गरिएको रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष हुन । शर्माका ” सम्मान छ हाम्रो देशको निम्ति जिउ ज्यान दिने बिरहरुलाइ ” ” सबै सधै बाच्न सिकौ यो देशको मायामा ” “सिमली छायाँमा बसी” “गर्जदै छन बादलहरु ” “झरनाको चिसो पानी ” ” यो मेरो जीवन बर्बादै भयो जालिको खेलले ” “चौतारिमा बसेर गित गाउने चेलीबेटिलाई ” ” सानो सानो बुकुरो ” ” क्रान्तिको उर्लेको भेल ” ” सागर भेट्न जादैछ नदि ” ” समय सङ्ग सम्झौता होइन संघर्ष गर संघर्ष ” ” ढालेर कहिले ढल्दैन आस्थाको उच्च शिखर ” ” पातलो एउटा शरीर थियो ” ” देश जान थाल्यो टुक्ता टुक्रा परेर ” “मधेसी पाहाडी” “छेकेर छेकिन्न” ” चाहिदैन मलाइ सिसाको महल ” र ” म हिडेको गाउको बाटो मुस्कुरायो ” लगायतका जनगीतहरु निकै चर्चित छन । जनगायक जीवन शर्माले जनमुक्तिका त्यस्ता हजारौ गितहरु सृजना गरेका छन ।