रहेनन लोकप्रिय डाक्टर ताराबहादुर थापा

काठमाडौं । दाङ तुल्सीपुरमा रहेको राप्ती र्फार्माका संचालक, समाजसेवी, लोकप्रिय  आयुर्वेदिक डाक्टर तारा बहादुर थापाको ५९ वर्षको उमेरमा निधन भएको छ । विगत लामो समयदेखि मृगौलामाखरावी र डाइवेटिज रोगबाट समेत पीडित रहेका डाक्टर  थापाको २०७९ जेठ २६ गते साँझ काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारकै क्रममा निधन भएको हो । थापाको पार्थिव शरीरको जेठ  २७ गते पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

नेकपा (मसाल) का समर्थक रहेका डाक्टर थापा हाँक साप्ताहिकका प्रधान सम्पादक÷प्रकाशक  गोविन्द बहादुर थापाका सहोदर कान्छो भाई हुन । रोगले गम्भीर  रुप लिन थालेपछि पछिल्लो समयमा उनलाइ दाङ बाट ल्याइ  काठमाडौं मेडिकल  कलेजको आइसियु कक्षमा १२ दिनसम्म राखेर  उपचार  गरिएको थियो । तर उनलाइ बचाउने डाक्टरहरुको सारा प्रयास बिफल भयो ,  उपचारकै क्रममा २०७९ जेठ २६ गते साँझ उनको निधन हुन पुग्यो ।

डाक्टर तारा थापाको जन्म गुल्मीको इस्मा मर्भुङमा पिता मोतीबहादुर थापा र माता गम्भीर कुमारी थापाको कोखबाट २०२० साल चैत्र २९ गते भएको थियो । उनी मोती बहादुर थापा र गम्भीर कुमारी थापाका ५ छोरा र १० छोरी मध्यका   कान्छो छोरा थिए ।  डाक्टर ताराबहादुर थापा क्षेत्रीको परिवार पछि गुल्मीबाट दाङको तुलसीपुरमा बसाई सरेको थियो । तुल्सीपुरमा उनले विगत लामो समयदेखि राप्ती फार्मा संचालन गर्दै आएका थिए । उनका जेठा, माइला र साइला दाई क्रमशः  मानबहादुर थापा, शिव थापा र कृष्ण थापा अहिले पनि गुल्मीको पुर्खौली थलोमै रहेर खेती किसानीमा सक्रिय छन् । हाँक साप्ताहिकका प्रधान सम्पादक÷ प्रकाशक गोविन्द सिंह थापा डाक्टर तारा थापाका काहिला दाई हुन । उनको परिवारमा जीवनसाथी दिलसरी थापा, छोरा सुजन थापा, बुहारी सोनिया थापा (शाही), छोरी बृंदा थापा र छोरी ज्वाई प्रवेश ढकाल रहेका छन् ।

डाक्टर ताराबहादुर थापा दाङको तुल्सीपुर क्षेत्रमा समाजसेवीका रुपमा समेत परिचित थिए । हाँकका प्रधान सम्पादक÷ प्रकासक तथा डाक्टर थापाका काहिला दाइ  गोविन्द सिंह थापाका अनुसार विभिन्न व्यक्तिहरुसँग मिलेर डाक्टर थापाले दाङको  तुलसीपुर क्षेत्रमा लाइफ केयर अस्पताल खोलेका थिए र त्यसको उनी अध्यक्ष समेत रहिसकेका थिए । सरल र मिलनसार स्वभावका डाक्टर तारा थापाको निधनबाट दाङ तुलसीपुर क्षेत्रका जनताहरुले  एक कुशल अभिभावक र समाजसेवी व्यक्तित्वलाई गुमाएको अनुभूति गरिरहेका छन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित