एसपीपी आइपिएसकै अंग भएको दाबी

काठमाडौं । सत्तारुढ पाँच दलिय गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाको मातृ पार्टी नेकपा (मसाल) ले एसपीपी अमेरिकाको इन्डोप्यासिफिक रणनीतिको अङ्ग रहेको दाबी गरेको छ ।  मसालले एसपिपीलाई स्वीकार गरिए नेपाल प्रत्यक्ष रूपले नै इन्डोप्यासिफिक रणनीतिमा सामेल भएको ठहरिने बताएको छ ।  “त्यसको परिणामस्वरुप नेपालको असंलग्न परराष्ट्र नीति समाप्त हुनेछ र नेपाल पूरै नै अमेरिकी सैन्य क्याम्पमा सामेल हुनेछ ।” मसालका महामन्त्री मोहन बिक्रम सिंहद्वारा २०७९ जेठ ३० गते जारी वक्तव्यमा भनिएको छ– “अमेरिकी गतिविधिलाई मसालले गम्भीर रूपमा लिन्छ र त्यसका विरुद्ध कडा आवाज उठाउनुपर्ने आवश्यकतामा जोड दिन्छ ।”

   वक्तब्यमा मसालले विरुद्धमा कडा आवाज उठाउनु पर्ने आवश्यकता मात्र औल्याएको छ , एसपिपिका बिरुद्ध संघर्ष अगाडि बढाउन कतै पनि आवहान गरेको छैन । यसलाई राजनैतिक विश्लेषकहरुले लोकलाज र कार्यकर्ताको आलोचनाबाट बच्नका लागि मात्र जारी गरिएको बक्तब्यको  भनी टिप्पणी गरेका छन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित