काठमाडौं । नेकपा एमालेका सांसद मोहन बानियाँले नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेको दावी गरेका छन् ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको २०७९ जेठ ३० गते बसेको बैठकमा बोल्दै सांसद बानियाँले भने, ‘नेपालमा कति छन् अमेरिकी सेना थाहा छ ? यहाँ ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेका छन् ।’
एमसीसीको विरोध गर्दै उनले ५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्न खोजिएको दावी गरे । ‘जमानादेखि हामी परराष्ट्र नितिमा चुक्दै आएका छौं ।”
सांसद बानियाँको भनाई थियो– “एमसीसी नेपालीहरुका लागि ठूलो घाँडो बन्दै छ । ५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्दै छौं ।”
Comments